मलेसिया-११ बिरुद्ध दोश्रो एकदिवसीयमा पनि क्यान-११ को सहज जित

मलेसिया राष्ट्रिय टिमको नेपाल भ्रमण अन्तर्गत दोश्रो एकदिवसीयमा नेपाल क्रिकेट संघ-११ ले  मलेसिया-११ लाई १ सय ७० रनको विशाल अन्तरले पराजित गरेको छ।

यस अघि सोमबार खेलिएको पहिलो एकदिवसीयमा पनि मलेसिया १३५ रनले पराजित भएको थियो। सिरिज अन्तर्गत तेश्रो तथा अन्तिम एकदिवसीय बिहिबार खेलिनेछ।

खेलमा टस जितेर मलेसियाले बलिंग रोजेपछि ब्याटिंग गरेको नेपाली क्रिकेट टिम ( क्यान प्रेसिडेन्ट ११ ) ले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले २८.४ ओभरमा १ सय २० रन मात्र बनाउन सक्यो। स्कोरकार्ड 

मलेसियालाई सानो योगफलमा समेट्न किशोर महतो र ललित राजबंशीले समान ३ विकेट लिए। सुशन भारिले २ तथा कमल सिंह ऐरी र पवन सर्राफले समान १ विकेट लिए। मलेसियाको लागि सयद अजिजले सर्वाधिक २८ रन, भूशन सेभले २४ , भीरनदिप सिंहले २३ तथा एहमद फैजले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो।

ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए

नेपालको ब्याटिंगमा कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले अर्धशतकीय योगदान दिए। मल्लले ४७ बलमा ५ चौका र २ छक्का मदतले ४७ तथा पौडेलले ५४ बलमा ४ चौका र २ छक्का मदतले ५७ रन बनाए। दुवै ब्याट्सम्यान रिटायर्ड आउट हुँदै अर्को ब्याट्सम्यानलाई मौका दिए। ओपनर सुबास खकुरेलले ७७ बलमा ४८ रन बनाए। सुनिल धमलाले २४, बिनोद भण्डारीले २१ तथा पवन सर्राफले १२ रन बनाए। सुशन भारिले अविजित १६ रन बनाए।

मलेसियाको बलिंगमा नजरिल रहमान र अनवर रहमानले समान २ विकेट लिए। मोहमद अरिफ र शर्भिन मुनिएन्डीले समान १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच किशोर महतो चुनिए।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]