मलेसिया-११ बिरुद्ध दोश्रो एकदिवसीयमा पनि क्यान-११ को सहज जित

२०७६ माघ ७, मंगलवार १५:१९

मलेसिया राष्ट्रिय टिमको नेपाल भ्रमण अन्तर्गत दोश्रो एकदिवसीयमा नेपाल क्रिकेट संघ-११ ले  मलेसिया-११ लाई १ सय ७० रनको विशाल अन्तरले पराजित गरेको छ।

यस अघि सोमबार खेलिएको पहिलो एकदिवसीयमा पनि मलेसिया १३५ रनले पराजित भएको थियो। सिरिज अन्तर्गत तेश्रो तथा अन्तिम एकदिवसीय बिहिबार खेलिनेछ।

खेलमा टस जितेर मलेसियाले बलिंग रोजेपछि ब्याटिंग गरेको नेपाली क्रिकेट टिम ( क्यान प्रेसिडेन्ट ११ ) ले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले २८.४ ओभरमा १ सय २० रन मात्र बनाउन सक्यो। स्कोरकार्ड 

मलेसियालाई सानो योगफलमा समेट्न किशोर महतो र ललित राजबंशीले समान ३ विकेट लिए। सुशन भारिले २ तथा कमल सिंह ऐरी र पवन सर्राफले समान १ विकेट लिए। मलेसियाको लागि सयद अजिजले सर्वाधिक २८ रन, भूशन सेभले २४ , भीरनदिप सिंहले २३ तथा एहमद फैजले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो।

ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए

नेपालको ब्याटिंगमा कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले अर्धशतकीय योगदान दिए। मल्लले ४७ बलमा ५ चौका र २ छक्का मदतले ४७ तथा पौडेलले ५४ बलमा ४ चौका र २ छक्का मदतले ५७ रन बनाए। दुवै ब्याट्सम्यान रिटायर्ड आउट हुँदै अर्को ब्याट्सम्यानलाई मौका दिए। ओपनर सुबास खकुरेलले ७७ बलमा ४८ रन बनाए। सुनिल धमलाले २४, बिनोद भण्डारीले २१ तथा पवन सर्राफले १२ रन बनाए। सुशन भारिले अविजित १६ रन बनाए।

मलेसियाको बलिंगमा नजरिल रहमान र अनवर रहमानले समान २ विकेट लिए। मोहमद अरिफ र शर्भिन मुनिएन्डीले समान १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच किशोर महतो चुनिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy