क्यानलाई राखेपको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकप पुरुष टी– २० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्णरुपले केन्द्रीत गर्न/गराउन शुक्रबार ध्यानाकर्षन गराएको छ ।

‘विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली प्रतियोगिताको तयारीमा पूर्णरुपले केन्द्रीत भइ उच्चस्तरीय प्रदर्शनका लागि आवश्यक प्रशिक्षणलगायतका कार्यहरु गर्नु पर्ने समयमा नेपाली समाजको नाममा विभिन्न स्थानमा प्रतियोगिताको सम्मुख आयोजना भएका ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा राष्ट्रिय टिमका खेलाडीहरुलाई सहभागी गराउनाले टिमको व्यवसायिक स्तरको विषयमा चासोका सन्दर्भमा राखेपको गम्भीर ध्याणाकर्षन भएको छ ।’ राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले क्यानलाई पठाएको पत्रमा भनिएको छ ।

राखेपले अन्य व्यक्ति तथा संस्थाले आयोजना गर्ने कुनैपनि खालका कार्यक्रममा सहभागी नहुन/नगराउन तथा आफ्नो खेलमा पूर्णरुपमा केन्द्रीत भइ आवश्यक कार्यका लागि क्यानलाई निर्देशन दिएको छ । नेपाली क्रिकेटको इतिहासमा दोश्रो पटक सहभागी भएको नेपाली क्रिकेट टिमलाई जारी प्रतियोगितामा उच्च खेल प्रदर्शनका लागि राखेपले शुभकामना व्यक्त गरेको छ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy