क्यानडामा पहिलो जितको खोजीमा नेपाल

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाल पहिलो जितको खोजीमा रहेको छ । क्यानडामा शनिवारदेखि सुरु त्रिकोणात्मक टि२० सिरिजमा ओमानलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । खेल क्यानडाको किंग सिटीमा नेपाली समय अनुसार बेलुका पौने १० बाट सुरु हुनेछ ।

क्यानडा भ्रमणका क्रममा ३ ओडिआई तथा १ टि२० आईमा नेपाल पराजित भएको थियो ।

सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो । ओमान भने टि२० सिरिजको पहिलो खेल खेल्दैछ ।

दुवै टोली सिरिजमा पहिलो जितको खोजीमा रहेका छन् । प्रमुख ब्याटरहरुले जिम्मेवार ब्याटिङको जरुरत रहेको छ । क्यानडा टुरका क्रममा नेपालले खेलेका चार वटै खेलमा केही खेलाडी बाहेक मुख्य मानिएका ब्याटरबाट अपेक्षित प्रदर्शन देख्न सकिएको छैन ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा १७ अप्रिल पछि कुनै जित हासिल गर्न सकेको छैन । यसबीच नेपालले ११ अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।

 





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]