क्यानडामा पहिलो जितको खोजीमा नेपाल

२०८१ आश्विन १३, आईतवार ०९:४४

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाल पहिलो जितको खोजीमा रहेको छ । क्यानडामा शनिवारदेखि सुरु त्रिकोणात्मक टि२० सिरिजमा ओमानलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । खेल क्यानडाको किंग सिटीमा नेपाली समय अनुसार बेलुका पौने १० बाट सुरु हुनेछ ।

क्यानडा भ्रमणका क्रममा ३ ओडिआई तथा १ टि२० आईमा नेपाल पराजित भएको थियो ।

सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो । ओमान भने टि२० सिरिजको पहिलो खेल खेल्दैछ ।

दुवै टोली सिरिजमा पहिलो जितको खोजीमा रहेका छन् । प्रमुख ब्याटरहरुले जिम्मेवार ब्याटिङको जरुरत रहेको छ । क्यानडा टुरका क्रममा नेपालले खेलेका चार वटै खेलमा केही खेलाडी बाहेक मुख्य मानिएका ब्याटरबाट अपेक्षित प्रदर्शन देख्न सकिएको छैन ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा १७ अप्रिल पछि कुनै जित हासिल गर्न सकेको छैन । यसबीच नेपालले ११ अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy