तेश्रो पटक पनि ओमानलाई हराउदै क्यानडाले जित्यो डेजर्ट कप

२०७९ मंसिर ६, मंगलवार ०७:२६

घरेलु टोलि ओमानलाई ८ विकेटले पराजित गर्दै क्यानडाले डेजर्ट कप टि-ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ। प्रतियोगिताको लिग चरणमा समेत दुई पटक ओमानलाई पराजित गरेको क्यानडाले फाइनलमा पनि सोहि प्रदर्शन दोहोर्याएको हो।

अल अमिरात मैदानमा सम्पन्न फाइनलमा ओमानले दिएको १३८ रनको लक्ष्य क्यानडाले १४ ओभरमा मात्र २ विकेट क्षेतीमा भेटायो।

क्यानडा ओपनर आरोन जोन्सन र श्रीमन्था विजेरत्नेले १२ ओभरमा १२४ रनको आक्रामक ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे। जोन्सन ४१ बलमा ८ चौका र ४ छक्का मद्दतले ६८ रन बनाएर आउट भए। विजेरत्नेले अविजित ५१ रन बनाए जुन क्रममा ३५ बलमा ८ चौका प्रहार गरे।

टस हारेर ब्याटिंग गरेको ओमानले २० ओभरमा १३७ रनमा सबै विकेट गुमायो।

सुरुवात देखि लगातार विकेट गुमाएको ओमानले ७४ रन बनाउदा ८ विकेट गुमायो। नवौं विकेटको लागि विकेटकिपर ब्याट्सम्यान नसिम खुसिले कलेमुल्लाहसंग ६२ रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याए। खुसिले अविजित ४७ रन बनाए जुन क्रममा २३ बलमा २ चौका र ५ छक्का प्रहार गरे। कलेमुल्लाहले ९ रन बनाये। मोहमद नदीम र अया खानले समान १६ रन बनाए।

क्यानडा बलर जेरेमी गोर्डनले ३ विकेट, डिल्लोन हेलिगरले २ विकेट लिंदा कलिम साना, निखिल दत्ता र साद बिन जाफरले १/१ विकेट लिए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी क्यानडाका आरोन जोन्सन घोषित भए जसले ७ खेलमा  ४०२ रन बनाए।

प्रतियोगितामा ओमान, बहराईन, साउदी अरब र क्यानडा गरि ४ टिमको सहभागिता थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy