तेश्रो पटक पनि ओमानलाई हराउदै क्यानडाले जित्यो डेजर्ट कप

घरेलु टोलि ओमानलाई ८ विकेटले पराजित गर्दै क्यानडाले डेजर्ट कप टि-ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ। प्रतियोगिताको लिग चरणमा समेत दुई पटक ओमानलाई पराजित गरेको क्यानडाले फाइनलमा पनि सोहि प्रदर्शन दोहोर्याएको हो।

अल अमिरात मैदानमा सम्पन्न फाइनलमा ओमानले दिएको १३८ रनको लक्ष्य क्यानडाले १४ ओभरमा मात्र २ विकेट क्षेतीमा भेटायो।

क्यानडा ओपनर आरोन जोन्सन र श्रीमन्था विजेरत्नेले १२ ओभरमा १२४ रनको आक्रामक ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे। जोन्सन ४१ बलमा ८ चौका र ४ छक्का मद्दतले ६८ रन बनाएर आउट भए। विजेरत्नेले अविजित ५१ रन बनाए जुन क्रममा ३५ बलमा ८ चौका प्रहार गरे।

टस हारेर ब्याटिंग गरेको ओमानले २० ओभरमा १३७ रनमा सबै विकेट गुमायो।

सुरुवात देखि लगातार विकेट गुमाएको ओमानले ७४ रन बनाउदा ८ विकेट गुमायो। नवौं विकेटको लागि विकेटकिपर ब्याट्सम्यान नसिम खुसिले कलेमुल्लाहसंग ६२ रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याए। खुसिले अविजित ४७ रन बनाए जुन क्रममा २३ बलमा २ चौका र ५ छक्का प्रहार गरे। कलेमुल्लाहले ९ रन बनाये। मोहमद नदीम र अया खानले समान १६ रन बनाए।

क्यानडा बलर जेरेमी गोर्डनले ३ विकेट, डिल्लोन हेलिगरले २ विकेट लिंदा कलिम साना, निखिल दत्ता र साद बिन जाफरले १/१ विकेट लिए।

प्रतियोगिताको उत्कृस्ट खेलाडी क्यानडाका आरोन जोन्सन घोषित भए जसले ७ खेलमा  ४०२ रन बनाए।

प्रतियोगितामा ओमान, बहराईन, साउदी अरब र क्यानडा गरि ४ टिमको सहभागिता थियो।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]