कप्तान मल्ल सहित ऐरी र पौडेलको पछिल्लो कोरोना पिसीआर रिपोर्ट नेगेटिभ

कप्तान ज्ञानेन्द्र मल्ल सहित उपकप्तान दिपेन्द्र ऐरी र रोहित पौडेल तिन जना खेलाडीको पछिल्लो कोरोना पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

मल्ल, पौडेल र ऐरीले मंगलबार गराएको परिक्षणको रिपोर्ट पोजेटिभ आएको थियो। तर त्यसपछि गरिएको पछिल्लो परिक्षणको शुक्रबार आएको रिपोर्टमा भने ३ जना खेलाडीको रिपोर्ट नेगेटिभ आएको हो।

“अहिलेसम्म मलाई कुनै पनि किसिमको लक्षण र जटिलताहरु देखिएको छैन। डक्टरसंग सल्लाह गरेपछि मैले दोश्रो कोभीड-१९ पीसीआर टेस्ट गराएको थिए जसको रिपोर्ट नेगेटिभ आएको छ।” मल्लले फेसबुकमा लेखेका छन्।

मल्लले आफुलाई स्वास्थ्य लाभको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् र कोरोनालाई साधारण रुपमा नलिन समेत आग्रह गरेका छन्। फेसबुक स्टाटससंगै मल्लले आफ्नो रिपोर्ट समेत राखेका छन्। यस्तै रोहित पौडेल र दिपेन्द्र ऐरीले पनि कोरोना परिक्षणको रिपोर्ट फेसबुकमा राख्दै नेगेटिभ आएको बताएका छन्।

रिपोर्ट नेगेटिभ आएपछि अब खेलाडीहरु अभ्यासमा सामेल हुन पाउनेछन्। तथापी क्यानले अधिकारिक रुपमा तिन जना खेलाडी कहिले देखि अभ्यासमा सामेल हुनेछन् भने बताएको छैन।

मल्ल, पौडेल र ऐरीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि क्यानले थप ५ जना खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाएको थियो। अनिल साह, रित गौतम, कुशल भुर्तेल, लोकेश बम र बिक्रम सोबले मौका पाएका थिए।

नेपाली टिमले बिहिबार र शुक्रबार गरि २ दिन टियु क्रिकेट मैदानमा अभ्यास गरेको छ। दुवै टिम टिमले फिटनेस अभ्यास गरेर बितायो। शुक्रबार टिमले जिममा पनि समय वितायो।

क्यानले २२ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएता पनि बन्द प्रशिक्षणमा सहभागी हुन १६ जनाले मात्र कोरोना परिक्षण गराएका थिए। कोरोना पोजेटिभ देखिएपछि भेट्रान देब्रे हाते स्पिनर बसन्त रेग्मी भैरहवामा रहेका छन्। १२ को परिक्षा रहेकोले कुशल मल्ल अनुपस्थित रहेका थिए भएन व्यक्तिगत कारण देखाउदै सन्दिप लामिछाने, शरद भेसावकर, करन केसी, सुबास खकुरेल पनि अनुपस्थित रहेका थिए। सबै खेलाडीहरु १ साता भित्र बन्द प्रशिक्षणमा आउने बताईएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy