रुपन्देहीको दोश्रो जित, पुलिस क्लब स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई २९ रनले पराजित गर्दै रुपन्देही क्रिकेट संघले प्रो क्लब च्याम्पियनसिपमा दोश्रो जित दर्ता गरेको छ। पहिलो खेलमा रुपन्देहीले मलेसिया क्लब-११ लाई ६ विकेटले पराजित गरेको थियो।

समुह ‘ए’ अन्तर्गतको खेलमा रुपन्देहीले दिएको ११८ रनको लक्ष्य पछ्याएको पुलिसले १८.५ ओभरमा ८८ रन मात्र बनायो।

स्कोरकार्ड , अंकतालिका हेर्नुस 

पुलिसको लागि शंकर रानाले २८, रोशन बुढालले २५ तथा गुल्सन झाले ११ रन योगदान दिए। मन्जित श्रेष्ठ ७, दिलिप नाथ २, पवन सर्राफ र प्रेम तामांग १/१ तथा करन केसी खाता खोलि आउट भए।

रुपन्देहीको बलिंगमा देब्रे हाते स्पिनर बसिर एहमदले ३ विकेट तथा कृष्ण कार्की, अनिल खरेल र बिशाल बिक्रम केसीले २/२ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको रुपन्देहीले २० ओभरमा ८ विकेट क्षेतीमा ११७ रन बनायो। उसको लागि विशाल बिक्रम केसीले सर्वाधिक २९ रन बनाए। बिक्रम भुसालले १९, बसिर एहमदले १७, देव खनाल र तुल बहादुर थापाले समान १३ रन बनाए।

पुलिसका देब्रे हाते स्पिनर पवन सर्राफले सर्वाधिक ४ विकेट तथा करन केसी, गुल्सन झा, सागर ढकाल र मन्जित श्रेष्ठले समान १ विकेट लिए।

जितपछि समुह ‘ए’ अंकतालिकामा रुपन्देही दुवै जितको साथ ४ अंक सहित शिर्षमा छ। पहिलो खेलमा पुष स्पोर्ट्ससंग पराजित पुलिस दोश्रो हार पछि अंकविहिन रहँदै तेश्रो स्थानमा छ। पुष स्पोर्ट्स २ अंक सहित दोश्रो तथा मलेसिया क्लब-११ चौंथो स्थानमा छ। अंकतालिका हेर्नुस 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy