रुपन्देहीको दोश्रो जित, पुलिस क्लब स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई २९ रनले पराजित गर्दै रुपन्देही क्रिकेट संघले प्रो क्लब च्याम्पियनसिपमा दोश्रो जित दर्ता गरेको छ। पहिलो खेलमा रुपन्देहीले मलेसिया क्लब-११ लाई ६ विकेटले पराजित गरेको थियो।

समुह ‘ए’ अन्तर्गतको खेलमा रुपन्देहीले दिएको ११८ रनको लक्ष्य पछ्याएको पुलिसले १८.५ ओभरमा ८८ रन मात्र बनायो।

स्कोरकार्ड , अंकतालिका हेर्नुस 

पुलिसको लागि शंकर रानाले २८, रोशन बुढालले २५ तथा गुल्सन झाले ११ रन योगदान दिए। मन्जित श्रेष्ठ ७, दिलिप नाथ २, पवन सर्राफ र प्रेम तामांग १/१ तथा करन केसी खाता खोलि आउट भए।

रुपन्देहीको बलिंगमा देब्रे हाते स्पिनर बसिर एहमदले ३ विकेट तथा कृष्ण कार्की, अनिल खरेल र बिशाल बिक्रम केसीले २/२ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको रुपन्देहीले २० ओभरमा ८ विकेट क्षेतीमा ११७ रन बनायो। उसको लागि विशाल बिक्रम केसीले सर्वाधिक २९ रन बनाए। बिक्रम भुसालले १९, बसिर एहमदले १७, देव खनाल र तुल बहादुर थापाले समान १३ रन बनाए।

पुलिसका देब्रे हाते स्पिनर पवन सर्राफले सर्वाधिक ४ विकेट तथा करन केसी, गुल्सन झा, सागर ढकाल र मन्जित श्रेष्ठले समान १ विकेट लिए।

जितपछि समुह ‘ए’ अंकतालिकामा रुपन्देही दुवै जितको साथ ४ अंक सहित शिर्षमा छ। पहिलो खेलमा पुष स्पोर्ट्ससंग पराजित पुलिस दोश्रो हार पछि अंकविहिन रहँदै तेश्रो स्थानमा छ। पुष स्पोर्ट्स २ अंक सहित दोश्रो तथा मलेसिया क्लब-११ चौंथो स्थानमा छ। अंकतालिका हेर्नुस 





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]