चार्टर्ड क्रिकेट लिग : पहिलो दिन न्युबाइज र टिम एचबिए विजयी

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा दोश्रो चार्टर्ड क्रिकेट लिग सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन सोमबार सम्पन्न दुईवटा खेलमा द न्युबाइज र टिम एचबिए विजयी भए।

दिनको पहिलो खेलमा न्युबाइजले माउन्टेन हक्सलाई ६ रनले पराजित गर्यो। न्यु न्युबाइजले पहिले ब्याटिंग गर्दै २० ओभरमा सम्पूर्ण विकेट गुमाएर ११६ रन बनाएको थियो। न्युबाइजको लागि मनिष शर्माले सर्वाधिक ३३ रन, प्रदिप खड्काले १९ रन, प्रसुन कंडेलले १२ रन तथा सन्तोष थापाले ११ रन बनाए। हक्सका सुमन उप्रेतीले ३ तथा प्रयाश बिस्ट बिस्टले २ विकेट लिए।

११७ रनको लक्ष्य पछ्याउने क्रममा माउन्टेन हक्सले २० ओभरमा ७ विकेट क्षेतीमा ११० रन मात्र बनाउन सक्यो। हक्सको लागि सुजल गुप्तले २४, प्रयाश बिस्टले २१ तथा सुमन उप्रेतीले २० रन बनाए। न्युबाइजका बलर त्रिलोचन भट्टराईले २ तथा प्रमाण नेपाल, प्रदिप खड्का र सन्तोष थापाले समान एक विकेट लिए। खेलको प्लेयर अफ द म्याच त्रिलोचन भट्टराई घोषित भए।


दिनको दोश्रो खेलमा टिम एचबिएले  बिज गलाईडर्सलाई ३ विकेटले पराजित गर्यो।

पहिले ब्याटिंग गर्दै बिज गलाईडर्सले ११९ रन बनाएको थियो। उसको लागि दिपेन सिंहले ४९ रन, कौशल मण्डलले २५ रन तथा प्रभाकर ठाकुरले १५ रन बनाए भने टिम एचबिएका बलर रोहित पाठकले ४ विकेट तथा देभेन्द्र चन्दले २ विकेट लिए।

१२० रनको लक्ष्य टिम एचबिएले ७ विकेट क्षेतीमा भेटायो। उसको लागि बिशाल डंगोलले २७, हर्षल भण्डारीले १८ तथा  गम्भीर जंग मल्लले  १७ रन योगदान दिए। टिम एचबिएका दिपेन सिंहले ४ तथा सरोज शर्माले २ विकेट लिए। खेलको प्लेयर अफ द म्याच देभेन्द्र चन्द घोषित भए।

प्रतियोगिताको दोश्रो दिन एपीए एभेन्जर्स र बिज ग्लाईडर्स तथा माउन्टेन हक्स र एचबिए बीच प्रतिस्पर्धा हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy