चितवन च्याम्पियनसिप ट्रफीः अनिलको शतकमा चितवनको सान्त्वना जित

चितवन, माघ ३०–

भरतपुरमा जारी १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७ मा चितवन क्रिकेट क्लवले सान्त्वना जित हात पारेको छ ।

बिहीबार पहिलो खेलमा पराजित भएसंगै फाइनल पुग्नबाट बञ्चित भएको चितवन क्रिकेट क्लवले शुक्रबार सान्त्वना जित हात पारेको हो ।
धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा आज (शुक्रबार) भएको खेलमा चितवन क्रिकेट क्लवले बेलचोक क्रिकेट कलवलाई २४० रनको फराकिलो अन्तरले पराजित गर्यो ।

चितवन क्रिकेट क्लवले दिएको ३५२ रनको लक्ष्य पछ्याएको बेलचोक २७.२ ओभरमा १११ रनमा अलआउट हुन पुग्यो । बेलचोकका लागि राजकुमार शाहले २०, अविनाशले १८ रन बनाए ।

चितवन क्रिकेट क्लवका लागि आशिष लम्सालले १० ओभरमा ४७ रन खर्चिदै ४, राशिद खान र सुजन भट्टले समान २ विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको चितवन क्रिकेट क्लवले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३५१ रन बनाएको थियो । जारी प्रतियोगितामा यो सर्वाधिक रन हो । उसका लागि राष्ट्रिय क्रिकेटर समेत रहेका अनिल शाहले १०३ बलमा १५४ रन, खिम मल्लले ५३ र अशोक पौडेलले ४१ रन बनाए ।

बेलचोकका लागि गौतम केसीले ३ र जेनिस महतले २ विकेट लिए । आज शतक प्रहार गरेका अनिल शाह म्यान अफदि म्याच घोषित भए । आजको खेलमा विजयी भएपनि चितवन क्रिकेट क्लव प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘ए’ मा रहेको चितवनले एक खेलमा जित र एक खेलमा हाल व्यहोर्दै अंकतालिकामा दोस्रो स्थानमा रहँदै प्रतियोगितामा यात्रा टुंगाएको हो । बेलचोक भने दुवै खेलमा पराजित हुँदै अंकतालिकामा पुछारमा रहँदै यात्रा टुंगाएको छ । यस समूहबाट शतप्रतिशत जित निकाल्दै मुनस्टोन क्रिकेट क्लव फाइनलमा प्रवेश गरि सकेको छ ।

चितवन क्रिकेट संघको आयोजनामा जारी १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ फागुन ३ गतेसम्म चल्ने छ ।

प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिनेछ ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]