चितवन च्याम्पियनसिप ट्रफीः सुमितको शतकमा इस्टर्न फाइनलमा

चितवन, फागुन-२

भरतपुर क्रिकेट क्लवविरुद्ध ३ रनको रोमाञ्चक जित निकाल्दै ग्लोबल इनफरेन्स इस्टर्न क्रिकेट एकेडेमी १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७ को फाइनलमा प्रवेश गरेको छ।

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा आज (आइतबार) भएको खेलमा भरतपुर क्रिकेट क्लवलाई ३ रनको झिनो अन्तरले पराजित गर्दै लगातार दुई जितका साथ इस्टर्नले फाइनल यात्रा तय गरेको हो ।

इस्टर्नले दिएको ३०० रनको लक्ष्य पछ्याएको भरतपुर निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९६ रन जोड्न सक्यो । विशाल योगफल पछ्याउने क्रममा भरतपुरका लागि सुवर्ण भट्टले ७२ बलमा ६८ रन, सोनु तामाङले विष्फोटक पारी खेल्दै २५ बलमा ४६, रित गौतमले ५८ बलमा ४६ र कृजन गुरुङले ३० रन जोडे पनि टिमलाई जित दिलाउन सकेन् । भरतपुर यसअघि पहिलो खेलमा पनि बेलचोकसंग झिनो अन्तरले पराजित भएको थियो ।

इस्टर्नका लागि दिवस आचार्यले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चिदै ३ विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको इस्टर्नले सुमित महर्जनको शतकीय पारीमा निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २९९ रन जोडेको थियो । सुमितले ९१ बलमा १४३ रनमा अविजित रहे । आकाश थापाले ८७ बलमा ६२, प्रतिक श्रेष्ठले १६ रन बनाए ।

भरतपुरका लागि सुर्वण भट्टले १० ओभरमा ३ मेडनसहित २६ रन खर्चिएर २ विकेट लिए । आजको खेलमा शतकीय पारी खेलेका सुमित महर्जन म्यान अफ दि म्याच घोषित भए । उपाधिका लागि भोलि (सोमबार) इस्टर्नले मुनस्टोन क्रिकेट क्लवको सामना गर्ने प्रतियोगिताका संयोजक उमेश पियाले जानकारी दिए ।

चितवन क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिने संघका उपाध्यक्ष सुदिप पियाले जानकारी दिए ।





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]