इन्डो नेपाल टी-२० क्रिकेट : क्रिकेट एक्सिलेन्स र आयोजक डिएभी विजयी

काठमाडौं । टिप टप इन्डो नेपाल टी-२० क्रिकेटमा क्रिकेट एक्सिलेन्स सेन्टर र आयोजक डिएभी क्रिकेट एकेडेमी विजयी भएका छन्।

डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आइतबारबाट सरु भएको प्रतियोगिता अन्तर्गत तल्लो मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा बोलपुर युथ टाउनलाई क्रिकेट एक्सिलेन्टरले ५ विकेटले पराजित गर्यो।

बोलपुरले दिएको ११९ रनको लक्ष्य एक्सिलेन्टरले १८.२ ओभरमा ५ विकेट गुमाए पुरा गर्यो।

एक्सिलेन्स सेन्टरको जितमा सत्यम बस्नेत ३३ बलमा २६ रन बनाउँदा रायन शेर्पाले २३ बलमा २० रनको योग्दान दिए।

त्यसअघि पहिले ब्याटिङ गरेको बोलपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाए ११८ रन बनाएकध थियो। उसका लागि राथी सरकारले ३६ रन बनाउँदा आर्या मण्डलले २४ रनको योग्दान दिए।

यस खेलको प्लेयर अफ द म्याच रविन भट्ट घोषित भए।

यस्तै, दोस्रो खेलमा आयोजक डिभीएले एन्जल्स स्पोर्ट्स एकेडेमीलाई ५३ रनले पराजित गर्यो।

डिभीएले दिएको १७९ रनको विशाल लक्ष्य पछ्याएको एन्जल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो।

उसका लागि जोय थापाले ६० बलमा ८५ रनको नटआउट पारि खेलेपनि टोलीको जितमा प्रयाप्त भएन।
यस्तै, रिगल महतोले २१ बलमा १२ रन बनाए।

त्यसअघि पहिलो ब्याटिङ गरेको डिएभिकन लागि कमल शाहीले ३३ बलमा ४१ रन बनाउँदा प्रसिद्ध जैसीले २५ बलमा ४० रनको योग्दान दिए।

४१ रन र एक विकेट लिएका कमल खेलको प्लेयर अफ द म्याच घोषित भए।

डिएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आइतबारबाट सुरु भएको प्रतियाेगिता आगामी माघ १८ गतेसम्म सञ्चालन हुनेछ। जसमा कुल ६ टोलीको सहभागिता छ।

यस्तै प्रतियोगिताको मुख्य प्रायोजक टिप टिप छ। प्रतियोगितामा १६ वर्ष मुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाएका छन्।

लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सबै खेल तल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेका छन्।

प्रतियोगितामा बोलपुर युथ टाउन, वेस्ट बंगाल, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, डिएभी क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र एन्जल्स स्पोर्ट्स एकेडेमीको सहभागिता रहनेछ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]