कर्पोरेट सुपर सिक्स: सनराइज, सेन्चुरी र नेपाल टेलिकम क्वार्टरफाइनलमा

पाचौँ संस्करणको सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता अन्तर्गत तेस्रो दिनसम्म आइपुग्दा पहिलो चरणका खेलहरु सकिएका छन्। आज भएका खेलहरुमा सेन्चुरी बैंक र नेपाल टेलिकमले दोहोरो जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। त्यस्तै सनराइज बैंकले पनि प्रि क्वार्टरफाइनलको खेल जित्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

त्यस्तै अन्य नतिजाहरुमा सुबिसु, एम्बेस्सी अफ इन्डिया, आइएमई ग्रुप र आइसिएफसी फाइनान्सले जित निकाल्दै प्रि-क्वार्टरफाइनलमा पुगिसकेका छन्।

पहिलो खेल: नेपाल टेलिकम Vs टाइगर ब्रेवरी

दिनको पहिलो खेलमा नेपाल टेलिकमले टाइगर ब्रेवरीलाई १४ रनले पराजित गर्यो। टेलिकमले दिएको ७९ रनको लक्ष्य पछ्याएको ब्रेवरीले ६४ रनमात्र बनाउन सक्यो। टेलिकमको जितमा म्यान अफ द म्याच घोषित बिकाश यादवले अविजित ३४ रन बनाए। ब्रेवरीका आदित्य मल्लले पनि अविजित ३२ रन बनाएका थिए।

दोश्रो खेल: सुबिसु Vs अन्नपूर्ण मिडिया ग्रुप

टस जितेर पहिले बलिंग रोजेको सुबिसुले ५ विकेटको जित हात पार्यो। अन्नपूर्णले दिएको ३९ रनको बिजयी लक्ष्य सुबिसुले २.१ ओभरमा पुरा गर्यो। सुबिसुको जितमा म्यान अफ द म्याच घोषित हिमाल चन्दले मेडन सहित २ विकेट लिए।

तेस्रो खेल: एम्बेस्सी अफ इन्डिया Vs नेपाल लाइफ इन्स्योरेन्स

टस हारेर लक्ष्य पछ्याएको एम्बेस्सी अफ इन्डिया ४ विकेटले बिजयी भयो। नेपाल लाइफ इन्स्योरेन्सले   दिएको ६० रनको बिजयी लक्ष्य ३.५ ओभरमा पुरा गर्यो। एम्बेस्सी अफ इन्डियाको जितमा म्यान अफ द म्याच घोषित राजेश कुमारले अविजित ३३ रन बनाए।

चौथो खेल: सेन्चुरी बैंक Vs सिभिल बैंक

दिनको चौथो खेलमा सेन्चुरी बैंकले १३ रनको जित निकाल्यो। सेन्चुरी बैंकले बनाएको ६९ रनको लक्ष्य पछ्याएको सिभिल बैंकले ५६ रनमात्र बनाउन सक्यो। सेन्चुरीको जितमा म्यान अफ द म्याच सुरज तिमिल्सिनाले अविजित ३३ रन बनाउँदै १ विकेट लिए।

पाचौं खेल: नेपाल एसबिआई बैंक Vs आइएमई ग्रुप

टस जितेर बलिंग रोजेको आइएमई ग्रुपले ५ विकेटको जित हात पार्यो। नेपाल एसबिआई बैंकले दिएको ५६ रनको बिजयी लक्ष्य आइएमईले ३.४ ओभरमा पुरा गर्यो। आइएमईको जितमा म्यान अफ द म्याच आयुष राजोपाध्यायले २९ रन बनाए।

छैठौं खेल: आइसिएफसी फाइनान्स Vs एनसिसी बैंक

दिनको छैठौं खेलमा आइसिएफसी फाइनान्सले ५७ रनको फराकिलो जित निकाल्यो। आइसिएफसी फाइनान्सले दिएको ९२ रनको बिजयी लक्ष्य पछ्याएको आइसिएफसी फाइनान्सले मात्र ३४ रन बनाउन सक्यो। आइसिएफसी फाइनान्सको जितमा म्यान अफ द म्याच घोषित सिद्धान्त अधिकारीले २२ रन बनाउँदै १ विकेट लिए भने अरविन्द रानाले अविजित २८ रन बनाए।

 

प्रि-क्वार्टरफाइनल १: नबिल बैंक (ए१) Vs सनराइज बैंक (बि२)

प्रि-क्वार्टरफाइनल अन्तर्गतको पहिलो खेलमा समूह बि को उपविजेता सनराइज बैंकले समूह ए को बिजेता नबिल बैंकलाई ६ विकेटले पराजित गर्यो। नबिल बैंकले बनाएको ४५ रनको योगफल पछ्याएको सनराइज बैंकले २.२ ओभरमा पुरा गर्यो। नबिलको जितमा म्यान अफ द म्याच केदार सिंहले अविजित २१ रन बनाए।

प्रि-क्वार्टरफाइनल २: नेपाल टेलिकम (बि१) Vs सुर्य नेपाल (ए२)

प्रि-क्वार्टरफाइनल अन्तर्गतको दोश्रो खेलमा समूह बि को बिजेता नेपाल टेलिकम १२ रनले बिजयी भयो। नेपाल टेलिकमले बनाएको ६६ रनको योगफल पछ्याएको सुर्य नेपालले मात्र ५४ रन बनायो। नेपाल टेलिकमको जितमा म्यान अफ द म्याच हरिकृष्ण शर्माले अविजित २९ रन बनाए।

प्रि-क्वार्टरफाइनल ३: सेन्चुरी बैंक (सि१) Vs अन्नपूर्ण मिडिया ग्रुप (डि२)

प्रि-क्वार्टरफाइनल अन्तर्गतको तेस्रो खेलमा समूह सि को बिजेता सेन्चुरी बैंक ५ विकेटले बिजयी भयो। अन्नपुर्ण मिडिया ग्रुपले बनाएको ५७ रनको योगफल पछ्याएको सेन्चुरी बैंकले ४ ओभरमा पुरा गर्यो। सेन्चुरीको जितमा म्यान अफ द म्याच घोषित सुरज तिमिल्सिनाले अविजित ३६ रन बनाउँदै १ विकेट लिए।

भोलि हुने खेलहरु

PQF 4: Subisu (D1) Vs Civil Bank (C2)
PQF 5: Sipradi (E1) Vs Mega Bank (F2)
PQF 6: Nepal SBI Bank (F1) Vs NMB Bank (E2)
PQF 7: ICFC Finance (G1) Vs Embassy of India (H2)
PQF 8: NIC Asia Bank (H1) Vs Janata Bank (G2)

QF 1: Sunrise Bank Vs Century Bank
QF 2: Nepal Telecom Vs Winner of match PQF 4

 

 





थप समाचार

रोहितको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतक बाबजुद नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको […]

वेस्ट इन्डिजविरुद्ध नेपालको कसिलो बलिङ, नेपालले पायो १६१ रनको लक्ष्य

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलकाे टी-२० सिरिजको दोस्रो खेलमा नेपालले कसिलो बलिङको सहयोगमा १ सय ६१ रनको […]

नेपालले टस हार्‍यो, कमल बेन्चमा

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान […]

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिज दोस्रो खेल […]

राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान […]