कर्पोरेट सुपर-सिक्स : सनसनीपूर्ण खेलमा सुबिसुसंग डिफेन्डिंग च्याम्पियन सिभिल पराजित

  • विकेटनेपाल, मङ्सिर १३ – बिहिबार

किर्तिपुर मैदानमा जारि पाचौँ संस्करणको सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनका खेलहरु सकिँदा सेन्चुरी बैंक र सुबिसुले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। सेमीफाइनल पुग्ने अन्य २ टिमको टुंगो भने शनिबार लाग्नेछ भने सेमीफाइनल र फाइनल खेल पनि सोहि दिन खेलिनेछ।

बिहिबार सम्पन्न खेलहरुमा सिप्रदी, नेपाल एसबिआई बैंक, एम्बेस्सी अफ इन्डिया र एनआइसी एसिया बैंकले जित दर्ता गरेका छन्।

प्रि-क्वाटरफाइनल ४: सुबिसु (डि१) Vs सिभिल बैंक (सि२)

दिनको अत्यन्त रोमान्चक पहिलो खेलमा सुबिसुले गत सिजनको विजेता टिम सिभिल बैंकलाई पराजित गर्दै सेमीफाइनलमा स्थान बनायो।

टस  हारेर पहिले ब्याटिंग गरेको सिभिलले ६९ रन बनाए पछि लक्ष्य पछ्याएको सुबिसुले पनि ६९ रननै बनायो त्यसपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा ब्याटिंग गर्दै सुबिसुले १२ रन बनायो र १३ रनको लक्ष्य पछ्याउने क्रममा सिभिलले पनि १२ रननै  बनाउदा सुपर ओभरमा पनि स्कोर बराबरी भएको थियो।

सुपर ओभर पनि बराबरी हुँदा खेलमा सर्वाधिक बाउन्ड्री प्रहार गर्ने टिम सुबिसुलाई विजेता घोषित गरिएको थियो। खेलमा म्यान अफ द म्याच बनेका दमन चन्दले ३३ रन बनाउँदै १ विकेट समेत लिए।

प्रि-क्वाटरफाइनल ५: सिप्रदी (ई१) Vs मेगा बैंक (एफ२)

सिप्रदीले मेगा बैंकलाई ३ विकेटले पराजित गर्यो। टस जितेर पहिले ब्याटिंग गरेको मेगा बैंकले बनाएको ५५ रनको योगफल पछ्याएको सिप्रदीले ३ ओभरमा पुरा गर्यो।  सिप्रदीक जितमा म्यान अफ द म्याच घोषित सुजन खतिवडाले मात्र २ रन खर्चेर २ विकेट लिए।

प्रि-क्वाटरफाइनल ६: नेपाल एसबिआई बैंक (एफ१) Vs एनएमबी बैंक (ई२) 

दिनको तेस्रो खेलमा नेपाल एसबिआई बैंकले २ रनको जित निकाल्यो। टस जितेर पहिले ब्याटिंग गरेको एनएमबीले बनाएको ७६ रनको योगफल पछ्याएको एसबिआईले मात्र ७४ रन बनायो। एसबिआईको जितमा म्यान अफ द म्याच घोषित मोनिष श्रेष्ठले २३ रन बनाउँदै १ विकेट समेत लिए। त्यस्तै साकार श्रेष्ठ ले अविजित २८ रन बनाउँदा एनएमबीका खुमबहादुर थापाले अविजित ३२ रन बनाएका थिए।

प्रि-क्वाटरफाइनल ७: आइसिएफसी फाइनान्स (जी१) Vs एम्बेस्सी अफ इन्डिया (एच२)

दिनको चौथो खेलमा एम्बेस्सी अफ इन्डियाले ५ विकेटको जित निकाल्यो। टस हारेर पहिले ब्याटिंग गरेको आइसिएफसी फाइनान्सले बनाएको ७१ रनको योगफल एम्बेस्सी अफ इन्डियाले अन्तिम बलमा पुरा गर्यो। एम्बेस्सी अफ इन्डियाको जितमा म्यान अफ द म्याच घोषित सुबाश सिंहले अविजित ३१ रन बनाए।

प्रि-क्वाटरफाइनल ८: एनआइसी एसिया बैंक (एच१) Vs जनता बैंक (जी२)

प्रतियोगिताको अन्तिम प्रि क्वाटरफाइनल खेलमा एनआइसी एसिया बैंकले ४२ रनको जित दर्ता गर्यो। एनआइसी एसियाले बनाएको ६९ रनको योगफल पछ्याएको जनताले मात्र २८ रन बनाउन सक्यो। एनआइसी एसियाको जितमा म्यान अफ द म्याच सन्जोग शर्माले १३ रन बनाउँदै १ विकेट लिए।

क्वाटरफाइनल १ : सनराइज बैंक Vs सेन्चुरी बैंक

पहिलो क्वाटरफाइनल खेलमा सेन्चुरी बैंकले सनराइज बैंकलाई ६ विकेटले पराजित गर्यो सेमिफाइनलमा प्रवेश गर्यो। सनराइजले बनाएको ३६ रनको योगफल पछ्याएको सेन्चुरीले १.४ ओभरमा पुरा गर्यो।  सेन्चुरीको जितमा म्यान अफ द म्याच घोषित सुरज तिमिल्सिनाले २८ रन बनाएका थिए।

क्वाटरफाइनल २: नेपाल टेलिकम Vs सुबिसु

दिनको अन्तिम खेलमा सुबिसुले २ विकेटको जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्यो। टस जितेर पहिले ब्याटिंग गरेको नेपाल टेलिकमले बनाएको ५३ रनको योगफल सुबिसुले अन्तिम बल बाकीछँदा पुरा गर्यो। सुबिसुको जितमा म्यान अफ द म्याच घोषित रोजन्स प्रधानले अविजित ३३ रन बनाए।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy