कर्पोरेट क्रिकेटको उपाधि सेन्चुरीलाई ( फोटो फिचर सहित )

Vishnu Tiwari
  • विकेटनेपाल, मङ्सिर १५ – शनिबार 

पाँचौ सिजनको सेन्चुरी बैंक कर्पोरेट क्रिकेटको उपाधि सेन्चुरी बैंकले जितेको छ। त्रिभुवन विश्वबिद्यालय क्रिकेट मैदान किर्तिपुरमा शनिबार सम्पन्न रोमान्चक फाइनल खेलमा एनआईसी एसिया बैंकलाई ३ विकेटले पराजित गर्दै सेन्चुरीले दोश्रो पटक प्रतियोगिताको उपाधि जितेको हो।

एसएस इभेन्ट्स द्वारा आयोजित प्रतियोगिताको सन् २०१६ को संस्करणमा सेन्चुरीले उपाधि जितेको थियो भने गत बर्षको विजेता सिभिल बैंकले भने यो पटक प्रि-क्वार्टरफाइनलसम्मको मात्रै यात्रा गर्यो। अघिल्लो सिजन सेन्चुरी सेमीफाइनलमा सिभिल बैंकसंग पराजित भएको थियो।

शनिबारनै सम्पन्न सेमीफाइनल खेलमा सेन्चुरीले भारतीय राजदुतावासलाई ५ विकेटले तथा दोश्रो सेमीफाइनलमा एनआईसी एसियाले सुबिसुलाई ९ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

Winner - Century Bank
Winner – Century Bank

फाइनल खेलमा टस जितेर एनआईसी एसिया बैंकले पहिले ब्याटिंग गर्दै ५ ओभर ७६ रनको योगफल तयार गरेको थियो। उसको लागि सन्दिप कार्कीले अविजित ३१ रन ( १२ बल, ५ चौका , १ छक्का ) , सन्जोग शर्माले २४ रन ( ८ बल, ३ चौका , १ छक्का ) बनाएका थिए।

जवाफमा सेन्चुरीले विजयी लक्ष्य १ बल बाँकी छदा भेट्यो। लक्ष्यसम्म पुग्न लागि सुबास शर्माले सर्वाधिक २१ रन बनाए जुन क्रममा ८ बलमा २ छक्का प्रहार गरे। यस्तै प्लेयर अफ द फाइनल घोषित बिष्णु तिवारीले अविजित १९ रन बनाउने क्रममा ७ बलमा ३ चौका र १ छक्का हिर्काए। दिपेन कार्कीले २ तथा सुमित श्रेष्ठले १ विकेट लिए पनि एनआईसीलाई जित दिलाउन सकेनन्।

Player of the Series - Suraj Timalsina ( Century )
Player of the Series – Suraj Timalsina ( Century )

उपाधिसंगै सेन्चुरीले विजयी ट्रफी प्राप्त गर्यो भने आगामी बर्षको लागि निशुल्क प्रवेश समेत पाएकोछ। प्रतियोगिताको उत्कृस्ट खेलाडी सेन्चुरीका सुरज तिमल्सिना घोषित भए जसले कुल ११२ रन बनाउनुको साथै २ विकेट लिएका थिए। उनले रु १० हजार पाउनुको साथै हिसेन्सको तर्फबाट ३२ इन्चको कलर टिभी प्राप्त गरे।

Best bowler – Sumit Shrestha ( NIS Asia )
Best bowler – Sumit Shrestha ( NIS Asia )
Best Batsman – Rojans Pradhan ( Subisu )
Best Batsman – Rojans Pradhan ( Subisu )

यस्तै बेस्ट ब्याट्सम्यान सुबिसुका रोजन्स प्रधान ( कुल ११४ रन ) घोषित भए भने उत्कृस्ट बलर एनआईसी एसिया बैंकका सुमित श्रेष्ठ ( कुल ६ विकेट ) घोषित भए। यस्तै बेस्ट फिल्डर सन राइज बैंकका केदार सिंह तथा उत्कृस्ट विकेट किपर सेन्चुरीका सुबास शर्मा घोषित भए। उत्कृस्ट बलर र ब्याट्सम्यानले रु. १० हजार प्राप्त गरे भने सबै विधाका उत्कृस्ट खेलाडीहरुले चिरायु हस्पिटलको तर्फबाट मेडिकल प्याकेज पुरस्कार स्वरुप पाए।

Man of the final - Vishnu Tiwari ( Century )
Man of the final – Vishnu Tiwari ( Century Bank )
Best Wicket Keeper - Subash Sharma ( Century Bank )
Best Wicket Keeper – Subash Sharma ( Century Bank )

विजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि पुर्व उप-प्रधानमन्त्रि तथा गृह मन्त्रि बामदेव गौतम, सेन्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नुभयो। मङ्सिर १० देखि सुरु भएको प्रतियोगितामा कुल २३ टोलिको सहभागिता रहेको थियो।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]