क्रिकेट फर इक्वालिटी अन्तर्गत कोशी प्रदेश र मधेश प्रदेशमा क्रिकेट उपकरण सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

२०८२ जेष्ठ २१, मंगलवार २०:४६

यहि २०८२, जेठ १७ र १८ गते नेपाल क्रिकेट फाउन्डेसनले कोशी प्रदेश क्रिकेट संघ र मधेश प्रदेश क्रिकेट संघको सहकार्यमा ‘क्रिकेट फर इक्वालिटी’ परियोजना अन्तर्गत प्रदेशस्तरीय “क्रिकेट उपकरण हस्तान्तरण कार्यक्रम “Handing Over Ceremony of Cricket Equipment” आयोजना गरेको छ ।

यो परियोजना अन्तर्गत मधेश प्रदेशको सिराहा र कोशी प्रदेशको उदयपुर र सुनसरी जिल्लामा कार्यक्रम सम्पन्न गरियो । कार्यक्रम अन्तर्गत हस्तान्तरण गरिएका क्रिकेट उपकरणहरूमा “हार्ड बल र सफ्ट बल क्रिकेट” दुबैलाई मध्यनजर गर्दै विविध उपकरणहरू प्रदान गरिएको थियो । क्रिकेट उपकरणमा क्रिकेट ब्याट, हेल्मेट, प्याड, ग्लोभ्स, लेदर बल, टेनिस बल, स्टम्प, कोन्स तथा किट ब्यागहरू समावेश थिए ।

सिराहा जिल्लाको हस्तान्तरण कार्यक्रममा मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, सचिव आयुष श्रेष्ठ तथा सिराहा जिल््ला क्रिकेट संघका सचिव बिकल बिष्टको उपस्थितिमा नेपाल क्रिकेट फाउन्डेसनका संस्थापक अभिषेक श्रेष्ठले क्रिकेट उपकरण हस्तान्तरण गरी सम्पन्न भयो । उदयपुर जिल्लाको हस्तान्तरण कार्यक्रममा उदयपुर जिल्ला क्रिकेट संघका अध्यक्ष अल्िवन बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

सुनसरी जिल्लाको हस्तान्तरण कार्यक्रममा कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्बजीत राज पाण्डे, सुनसरी जिल््ला क्रिकेट संघका उपाध्यक्ष सञ्जीव ढुंगाना तथा सचिव गोबिन्द प्रसाद पौडेलको सहभागितामा रही नेपाल क्रिकेट फाउन्डेसनका संस्थापक अभिषेक श्रेष्ठले क्रिकेट उपकरण हस्तान्तरण गरी सम्पन्न भयो ।

यस परियोजनाको उद्देश्य दुबै प्रदेशमा क्रिकेटको पहुँच र समानता सुनिश्चित गर्नु हो । परियोजनाको विद्यालय, ग्रामिण क्षेत्र र पिछडिएको समुदायमा खेलको पहुँच विस्तार गर्दै युवा प्रतिभालाई पहिचान गर्न केन्द्रित छ ।

नेपाल क्रिकेट फाउन्डेसनका संस्थापक अभिषेक श्रेष्ठ र कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्बजीत राज पाण्डले, “क्रिकेट खेल मात्र होइन, सामाजिक रूपान्तरणको साधन हो । हामी आधारभूत संरचनालाई मजबुत पार्दै, समाजका सबै तहका युवालाई समान अवसर दिने अभियानमा छौं । कोशी र मधेश प्रदेशमा खेलको पहुँच बढाउनु हाम्रो साझा जिम्मेवारी हो । यो अभियान आगामी दिनमा अन्य प्रदेशका जिल्ला क्रिकेट संघ सङको सहकार्यमा विस्तार गर्ने लक्ष्यसहित अगाडि बढाइएको छ । यस्तो अवसरले खेलमा सहभागिता मात्र नभई सामाजिक समावेशिता र नेतृत्व क्षमतामा पनि सकारात्मक परिवर्तन ल्याउनेछ” भने ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy