चाहलले वान-डे करियरकै उत्कृस्ट बलिङ्ग गर्दा अस्ट्रेलिया २३० मा समेटियो

  • विकेटनेपाल, माघ-४ , शुक्रबार 

भारत र अस्ट्रेलिया बीच जारि ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलको सिरिज अन्तर्गत तेश्रो खेलमा अस्ट्रेलियाले कमजोर ब्याटिंग गरेको छ।सिरिजको यस अघिको २ खेलमा भारत र अस्ट्रेलिया १/१ खेलमा विजयी भए पछि तेश्रो एकदिवसीय सिरिज जितमा निर्णायक रहने छ।

मेलबर्न क्रिकेट मैदानमा टस जितेर भारतले अस्ट्रेलियालाई ब्याटिंगको निम्तो दिएको थियो। अस्ट्रेलियाले ४८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर २३० रन मात्रै बनाउन सक्यो।

अस्ट्रेलियाले खराब सुरुवात गर्ने क्रममा ९ ओभरमा २७ रन बनाउदा २ विकेट गुमाएको थियो। ओपनर एलेक्स केरे ( ५ ) र आरोन फ़िञ्च ( १४ ) लाई भुवनेश्वर कुमारले पेभेलियनको दिशा देखाए।

तेश्रो विकेटको लागि उस्मान खवाजा र शन मार्शले ७३ रनको साझेदारी गर्दै टिमको योगफल १०० पुर्याए। मार्श ३४ रन बनाएर युजभेन्द्र चाहलको बलमा स्टम्प आउट भए लगत्तै खवाजा पनि ३४ रन बनाएर चाहलको बलमा चाहलद्वारानै समातिए। लगत्तै मार्कस स्टोईनिस पनि १० रन बनाएर आउट हुँदा अस्ट्रेलिया ३९.३ ओभरमा १२३/५ को नाजुक अवस्थामा पुगेको थियो।

छैठौं विकेटको लागि  पिटर ह्यान्ड्सकम्बले ग्लेन म्याक्सवेलसंग ३८ रन तथा सातौँ विकेटको लागि झाई रिचर्डसनसंग ४५ रनको साझेदारी गर्दै योगफल २०० पार गराए। म्याक्सवेल २६ र रिचर्डसन १६ रन बनाएर आउट भए पनि ह्यान्ड्सकम्ब पनि ५८ रन बनाएर चाहलको शिकार भए। उनले ६३ बलमा २ चौका प्रहार गरे।

तल्लो क्रमका ब्याट्सम्यानले पनि खास योगदान दिन सकेनन् फलस्वरूप अस्ट्रेलिया ४८.४ ओभरमा २३० रनमा समेटिन पुग्यो।

भारतको लागि लेग स्पिनर  युजभेन्द्र चाहलले सर्वाधिक ६ विकेट लिने क्रममा १० ओभरमा ४२ रन खर्चिए। एकदिवसीय अन्तर्राष्ट्रिय करियरमै चाहलको यो उत्कृस्ट बलिङ्ग स्पेल हो। यस भन्दा अघि चाहलले ५ विकेट भन्दा बढी एकै खेलमा लिन सकेका थिएनन्।

भुवनेश्वर कुमारले २ विकेट ( ८-१-२८-२ ) तथा मोहम्मद शामी ( ९.४-०-४७-२ ) ले २/२ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो एकदिवसीय अस्ट्रेलियाले ३४ रनले जितेको थियो भने दोश्रो एकदिवसीय भारतले ६ विकेटले जितेको थियो।

यस अघि सम्पन्न टेस्ट सिरिज भारतले २-१ ले जितेको थियो भने टि-२० सिरिज १-१ को बराबरीमा सकिएको थियो।

( फोटो – आईसीसी )





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]