युजभेन्द्र चाहलले सार्वजनिक गरे आफ्नो जीवनसाथी

भारतीय क्रिकेट टिमका लेग स्पिनर युजभेन्द्र चाहलले शनिवार सबैलाई आश्चर्यचकित पार्दै सामाजिक संजालमा आफ्नो जीवनसाथीको फोटो सार्वजनिक गरेका छन्।

आफ्नो रमाइलो क्रियाकलापले सामाजिक सन्जालमा छाउने गरेका चाहलले इन्गेजमेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै यो निर्णयमा आफ्नो र परिवारको मन्जुरी भएको लेखेका छन्।

“हामीले हाम्रो परिवारसंगै ‘हुन्छ’ भन्यौं” चाहलले आफ्नो ट्वीटर पोस्टमा लेखेका छन्। उनीहरुले सार्वजनिक गरिएको तस्विरमा दुवै निकै खुसि देखिएका छन्।


चाहालको हुनेवाला श्रीमतीको नाम धनश्री बर्मा हो। उनि पेसाले डेन्टिस्ट, कोरियोग्राफर र युट्युबर हुन्। सामाजिक संजालमा चर्चित रहेकी धनश्रीको युट्युबमा १५ लाख भन्दा बढी तथा इन्स्टाग्राममा ६ लाख भन्दा बढी फ्यानहरु रहेका छन्। युट्युबमा उनले बलिउड गितहरुमा नृत्य गरेको धेरै भिडियो राखेकी छिन् जुन भिडियो करोडौं पटक हेरिएको छ।

चहल हाल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा संचालन हुने आईपीएल टि-२० को तयारी गरिरहेका छन् जसमा उनि बिराट कोहली कप्तानीको बैंगलोरबाट खेल्दैछन्।

चाहलले खुसिको खबर सामाजिक संजालमार्फत दिएपछि उनलाई साथी खेलाडी र फ्यानहरुले बधाई दिएका छन्।

धेरैले पढीरहेको :-

https://wicketnepal.com/fabian-allen-le-cpl-t20-gumaune-wn20/

https://wicketnepal.com/dhoni-to-sanjay-manjrekar-wn20/

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy