युजभेन्द्र चाहलले सार्वजनिक गरे आफ्नो जीवनसाथी

भारतीय क्रिकेट टिमका लेग स्पिनर युजभेन्द्र चाहलले शनिवार सबैलाई आश्चर्यचकित पार्दै सामाजिक संजालमा आफ्नो जीवनसाथीको फोटो सार्वजनिक गरेका छन्।

आफ्नो रमाइलो क्रियाकलापले सामाजिक सन्जालमा छाउने गरेका चाहलले इन्गेजमेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै यो निर्णयमा आफ्नो र परिवारको मन्जुरी भएको लेखेका छन्।

“हामीले हाम्रो परिवारसंगै ‘हुन्छ’ भन्यौं” चाहलले आफ्नो ट्वीटर पोस्टमा लेखेका छन्। उनीहरुले सार्वजनिक गरिएको तस्विरमा दुवै निकै खुसि देखिएका छन्।


चाहालको हुनेवाला श्रीमतीको नाम धनश्री बर्मा हो। उनि पेसाले डेन्टिस्ट, कोरियोग्राफर र युट्युबर हुन्। सामाजिक संजालमा चर्चित रहेकी धनश्रीको युट्युबमा १५ लाख भन्दा बढी तथा इन्स्टाग्राममा ६ लाख भन्दा बढी फ्यानहरु रहेका छन्। युट्युबमा उनले बलिउड गितहरुमा नृत्य गरेको धेरै भिडियो राखेकी छिन् जुन भिडियो करोडौं पटक हेरिएको छ।

चहल हाल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा संचालन हुने आईपीएल टि-२० को तयारी गरिरहेका छन् जसमा उनि बिराट कोहली कप्तानीको बैंगलोरबाट खेल्दैछन्।

चाहलले खुसिको खबर सामाजिक संजालमार्फत दिएपछि उनलाई साथी खेलाडी र फ्यानहरुले बधाई दिएका छन्।

धेरैले पढीरहेको :-

https://wicketnepal.com/fabian-allen-le-cpl-t20-gumaune-wn20/

https://wicketnepal.com/dhoni-to-sanjay-manjrekar-wn20/

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]