सप्तरी प्रिमियर लिग चैत १० गते देखि

राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको चौंथो संस्करण यही चैत १० गते देखि सप्तरीको राजविराजमा सुरु हुने भएको छ।

यस अघि चैत ७ गते देखि सुरु हुने घोषणा गरिएता पनि प्रतियोगितामा सहभागी टिमहरुले समय थप गर्न माग गरेपछि प्रतियोगिता तिन दिन सारिएको हो। पाँच फ़्रेन्चाइज् टिमहरुको सहभागिता रहने प्रतियोगिताको खेलाडी चयन अक्सनमार्फत गरिंदै आएको छ। यो संस्करणको लागि पनि अक्सन चैत ६ गते संचालन हुनेछ ।

प्रतियोगितामा सहभागी फ़्रेन्चाइजले आफ्नो टिममा पाँच जना जिल्ला बाहिरको खेलाडी राख्न पाउने नियम छ। जिल्ला बाहिरको खेलाडी सहित फ़्रेन्चाइजले अक्सनमार्फत कूल १६ जना खेलाडीको टिम बनाउन पाउनेछ। सबै टिमको मार्की खेलाडीको समेत घोषणा गरिनेछ।

लिगको गत सिजन उपाधि विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले जितेको थियो। वारियर्स टिममा राष्ट्रिय क्रिकेटर अनिल शाह र पवन सर्राफ पनि सहभागी थिए। यस्तै अन्य टिमहरुमा दिपेन्द्र ऐरी, कुशल भुर्तेल, बसन्त रेग्मी, आसिफ शेख, सिद्धान्त लोहनी, मेहबुब आलम, लोकेश बम, सुनिल धमला, राशिद खान जस्ता राष्ट्रिय क्रिकेटरहरु सहभागी थिए। यो सिजन पनि राष्ट्रिय क्रिकेटरहरुले अक्सनको लागि नाम दर्ता गराइसकेका छन्।

डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्स सहित रुपनी राईडर्स, तिलाठी कोईलाडी जायन्ट्स, बोदे बर्साईन थन्डर्स र टिभीएस किंग्स राजविराज लिगमा सहभागी टिमहरु हुन्। एक साता चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलीनेछ।

प्रतियोगिताको विजेता टिमले तिन लाख रुपैयाँ तथा उपविजेता टिमले एक लाख पचार हजार रुपैयाँ प्राप्त गर्ने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले जानकारी गराएका छन्।

लिगको खेलहरु राजविराज स्थित राज रंगशालामा आयोजना हुनेछ जहाँ खेल हेर्न दर्शकहरुले टिकट काट्नु पर्नेछ। प्रतियोगिताको लागि मैदानको तयारी सुरु भइसकेको छ।

 





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]