चैत्र १६ गते देखि नेक्सस कप

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा यही चैत्र १६ गते देखी ३१ गतेसम्म काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा चौथो संस्करणको नेक्सस कप अन्डर-१६ टि-ट्वान्टी क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ।

प्रतियोगितामा देशभरका क्रिकेट एकेडेमी र क्लबहरु सहभागी हुनेछन्। यो संस्करण १६ वटा टिम सहभागी हुनेछन्।

ओसिस क्रिकेट एकेडेमी काठमाण्डौ, घोडाघोडी क्रिकेट एकेडेमी कैलाली, तिलोत्तमा क्रिकेट एकेडेमी रुपन्देही, आर एस क्रिकेट क्लब दाङ, वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी हात्तीबन काठमाण्डौ, ग्रेट हिमालय क्रिकेट एकेडेमी शान्तीनगर काठमाण्डौ, नेक्सस क्रिकेट एकेडेमी काठमाण्डौ, वेष्टर्न क्रिकेट एकेडेमी बुटवल , एनसिए नेपाल काठमाण्डौ, हिमालय क्रिकेट एकेडेमी काठमाण्डौ, बालुवाटार क्रिकेट क्लब काठमाण्डौ, स्याङजा क्रिकेट क्लब स्याङजा, एन्जल हर्ट स्पोट्स एकेडेमी काठमाण्डौ, नेपाल  अन्नपूर्ण  युथ क्लब रौताहट, नेक्सस बी र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर प्रतियोगितामा सहभागी टोलिहरु हुन्।

प्रतियोगिताको बिजेतालाई १ लाख ११ हजार रुपैयाँ र उपबिजेतालाई ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा हरेक खेलमा म्यान अफ दि म्याच, बेष्ट बलर, बेष्ट ब्याटम्यान, म्यान अफ दि सिरीज र ईमर्जीङ प्लेयरको अवाड समेत प्रदान गरिनेछ ।

टि ट्वाइन्टी फरम्याटमा लिग कम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा दिनमा २ खेल खेलाइनेछ । सहभागि टिमहरुलाई ४ पोलमा बिभाजन गरि खेलतालिका घोषणा गरिएको छ।

अन्डर सिक्सटिन उमेर समुहको प्रतियोगिता भएकाले प्रतियोगितामा २०६१/११/३० गते भन्दा पछि जन्म भएको प्रमाण खुल्ने जन्म दर्ता वा कक्षा ८ को प्रमाण पत्र वा एस इ इ को प्रमाणपत्र लगाएत सरकारी कागजपत्र लाई आधार मानिने जानकारी आयोजकले गराएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy