चलेन हैदरावादको ब्याटिंग, दिल्लीलाई सामान्य लक्ष्य

आईपीएलको युएईमा जारि दोश्रो फेज अन्तर्गत लिगको ३३ औ खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गरिरहेका छन्।

दुबई अन्तर्राष्ट्रिय स्टेडियम, दुबईमा टस जितेर ब्याटिंग गरेको हैदरावादले  २० ओभरमा ९ विकेट क्षेतीमा १३४ रन बनाउदै दिल्लीलाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। उसको लागि अब्दुल समदले सर्वाधिक २८ तथा राशिद खानले २२ रन योगदान दिए। रिद्दिमान शाह र केन विलीयमसनले समान १८ रन, मनिष पाण्डेले १७ रन तथा जेसन होल्डरले १० रन बनाए।

डेभिड वार्नर पहिलो ओभरमा खाता नखोली एनरिक् नोर्कियाबाट आउट भ्याएपछि ऋद्धिमान शाहलाई पाँचौ ओभरमा कागीसो रबाडाले पेभेलियन फर्काएका थिए। तेश्रो विकेटको लागि कप्तान विलियमसन र मनिष पाण्डे बीच ३१ रनको साझेदारी भयो। दशौँ ओभरमा विलियमसनलाई अक्षर पटेलले क्याच आउट गराएपछि हैदरावादले लगातार विकेट गुमाउन पुग्यो। पाण्डेलाई रबाडाले कट एण्ड बोल्ड गरे भने ३ रन बनाएका केदार जाधबलाई नोर्कियाले एलबिडब्लु पारे। होल्डरलाई पटेलले क्याच आउट गर्दा हैदरावाद ९०/६ को अवस्थामा पुग्यो। त्यसपछि अब्दुल समदले अन्तिमको ओभरहरुमा केहि आक्रामक सट खेले भने राशिद खानले पनि आक्रामक सटहरु टिमलाई सम्मानजनक योगफलतर्फ डोर्याए। राशिद अन्तिम ओभरमा रन आउट भए।

दिल्लीको बलिंगमा कागीसो रबाडाले ३ विकेट ( ४-०-३७-३ ) लिए भने एनरिक् नोर्किया ( ४-०-१२-२ ) र अक्षर पटेल ( ४-०-२१-२ ) ले समान २ विकेट लिए।

लित अंकतालिकामा दिल्ली ८ खेलमा ६ जित पछि १२ अंक सहित दोश्रो तथा हैदरावाद ७ खेलमा १ जित र ६ हार पछि २ अंकका साथ आठौँ स्थानमा रहेको छ।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]