च्याम्पियन नेपाली टिम आज स्वदेश फर्किदै

  • विकेटनेपाल, असोज २७ 

आईसीसी टि-२० बिश्वकप छनौट एसिया ( पूर्वी ) छनौट प्रतियोगिताको उपाधि जित्न सफल नेपाली क्रिकेट टिम आज स्वदेश फर्किदैछ।

मलेसियामा शुक्रबार सम्पन्न प्रतियोगिताको सिंगापुरसंगको अन्तिम खेल वर्षाले पुरा हुन नसकेपछि अंकतालिकामा समान अंक रहेपनि नेट रन-रेटको आधारमा नेपाल विजेताको भएको हो। सन् २०१४ को बिश्व क्रिकेट लिग डिभिजन-३ को उपाधि जितेको ४ बर्ष पछि मात्रै नेपाली क्रिकेट टिमले कुनै प्रतियोगिताको उपाधि जितेको हो।

प्रतियोगिताको विजेता हुँदै नेपाल, उपविजेताको रुपमा सिंगापुर र तेश्रो हुँदै मलेसिया टि-२० बिश्वकप छनौटको दोश्रो चरण एसिया छनौट प्रवेश गर्न सफल भएका छन्। एसिया छनौटमा नेपाल, सिंगापुर, मलेसिया सहित यएई, कुवेत र कतार छनौट भएका छन्। एसिया छनौटबाट उत्कृस्ट २ टिम टि-२० बिश्वकपको ग्लोबल छनौट खेल्न छानिनेछन्।

Paras Khadka with Winning trophy
Paras Khadka with Winning trophy

विजेता नेपाली क्रिकेट टिम शनिबार दिउसो १२:१५ बजे मालिन्डो एअरलायन्सको बिमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने टिमका ब्यबस्थापक रमन शिवाकोटीले जानकारी गराएका छन्। टिमसंग सन्दिप लामिछाने भने आउने छैनन् उनि मलेसियाबाट अफगानिस्तान प्रिमियर लिग खेल्न राति २ बजे युएई प्रस्थान गरिसकेका छन्। उनले आज रातिनै रासिद खान कप्तानीको टिम काबुल ज्वनानसंगको खेल उनि खेल्नेछन्।

टि-२० बिश्वकप एसिया पूर्वी छनौट अन्तर्गत नेपालले म्यानमार र मलेसियालाई समान ८ विकेटले, थाईल्याण्डले १४० रनले ( डी/एल ) , भुटानलाई ११७ रनले र चिनलाई १० विकेटले पराजित गरेको थियो भने अन्तिम खेल सिंगापुरसंग अंक बाड्न बाध्य भयो।

कसरि छनौट हुन्छ नेपाल टि-२० बिश्वकप ?

नेपाल सहित सिंगापुर, मलेसिया, युएई, कतार र कुवेत गरि ६ टिमले टि-२० बिश्वकपको दोश्रो खुड्किलो एसिया छनौट खेल्नेछन्। प्रतियोगिताको मिति सार्वजनिक भएको छैन। एसिया छनौटमा पनि अंकतालिकामा उत्कृस्ट २ हुने टिम अर्थात विजेता र उपविजेता तेश्रो र अन्तिम छनौट चरण खेल्न छानिनेछन्।

ग्लोबल छनौटमा कसले खेल्नेछन् ?

ग्लोबल छनौटमा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरमा रहेका ६ टिम र बिभिन्न क्षेत्रबाट उत्कृस्ट भएर आएका ८ टिमले गरि कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन्। ग्लोबल छनौटमा एसिया, अफ्रीका र अमेरिकाबाट २/२ टिम तथा यूरोप र इस्ट एसिया प्यासिफिकबाट १ टिम गरि ८ टिम पुग्नेछन्।

ग्लोबल टि-२० बिश्वकप छनौटबाट उत्कृस्ट ६ टिम गरि कुल १६ टिम टि-२० बिश्वकप खेल्ने छन्। यस्तै आईसीसीको टि-२० वरियतामा उत्कृस्ट ९ टिम र आयोजक अस्ट्रेलिया गरि १० टिम टि-२० बिश्वकप खेल्न स्वतः छनौट हुनेछन्।

 





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]