क्यान अध्यक्ष चन्दलाई आइसिसी लङ सर्भिस अवार्ड

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द आइसिसी लङ सर्भिस अवार्डबाट प्रदान गरेको छ ।

इङ्ल्यान्डको बर्मिङ्घममा भएको आइसिसीको बैठकमा आइसिसीले क्यानका अध्यक्ष चन्दलाई उक्त अवार्ड प्रदान गरेको हो । क्रिकेटमा लामो समयदेखि योगदान पु¥याएबापत आइसिसीले आफ्नो वार्षिक साधारणसभामा विश्वभरका विभिन्न देशका क्रिकेटकर्मीलाई सम्मान गरेको थियो ।

क्यानका अध्यक्ष चन्द पनि चन्द करिब २५ वर्षदेखि नेपाली क्रिकेटमा काम गरिरहेका छन् । उनी वि.सं. २०५५ सालमा बैतडी जिल्ला क्रिकेटको संस्थापक अध्यक्ष पनि हुन् । त्यसपछि उनी वि.सं. २०६० क्यानको केन्द्रिय सदस्य भए । त्यसको तीन वर्ष पछि नै उनी क्यानको उपाध्यक्षमा चयन भएका थिए ।

वि.सं. २०७१ सालमा पहिलो पटक क्यानको निर्वाचित भएका थिए । नेपाली क्रिकेटको विकास र प्रतिबद्धताको कारण चन्दलाई यस पटक आइसिसीले आइसिसी लङ सर्भिस अवार्ड प्रदान ग¥यो । आइसिसीको साधारणसभामा कुल १ सय ७ देशका प्रतिनिधि सहभागी छन् । जहाँ क्रिकेटमा लामो समय योगदान पु¥याएका चन्दसहित विश्वभरका १८ क्रिकेटकर्मीलाई अवार्ड प्रदान गरिएको थियो । आइसिसीका उपाध्यक्षले इमरान ख्वाजाले चन्दलाई उक्त अवार्ड प्रदान गरे ।

चन्दले आफ्नो योगदानप्रति आइसिसीले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै यो सम्पूर्ण नेपालीको सफलता भएको प्रतिक्रिया दिए । उक्त साधारण सभाका लागि क्यानका अध्यक्ष चन्द र सचिव प्रशान्त मल्ल सहभागी छन् । साधारणसभा मंगलबार भएको थियो ।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]