भारतीय पुर्व क्रिकेटर चन्द्रशेखरले गरे आत्महत्या, कारण यस्तो

भारतीय पुर्व क्रिकेटर भीबि चन्द्रशेखर ( ५७ ) चेन्नाई स्थित माइलापुरको आफ्नै घरमा मृत फेला परेका छन्। प्रहरी रिपोर्टका अनुसार उनले आत्महत्या गरेका हुन्।

पुलिसका अनुसार उनि घरको सिलिंग फ्यानमा झुन्डिएको अवस्थामा बिहिबार राति फेला परेका थिए। ढोका फोडेर भित्र छिर्दा उनि झुण्डीएको अवस्थामा थिए। त्यसपछि शव परिक्षणको लागि उनको शरीर रोयपेटा अस्पतालमा लागिएको थियो।

पारिवारिक श्रोतका अनुसार चन्द्रशेखर परिवारको अन्य सदस्यहरुसंग चिया खाएपछि आफ्नो रुममा उक्लेका थिए। त्यसपछि उनि लामो समय बाहिर निस्केनन् र ढोका भित्र बाट लगाएका थिए। ज्याल खोलेर हेर्दा उनि फ्यानमा झुण्डीएको अवस्थामा थिए। यस अघि उनको निधन हृदयघातको कारण भएको बताईएको थियो। प्रहरीका अनुसार चन्द्रशेखरले कुनै सुसाइड नोट छोडेका छैनन्।

चन्द्रशेखर तमिलनाडु प्रिमियर लिगको आफ्नो लगानी रहेको टिम भीबि कांची भिरान्स आर्थिक नोक्सानमा गएको कारण डिप्रेसनमा थिए। उनि चेन्नाईमा क्रिकेट प्रशिक्षण केन्द्र पनि चलाउने गर्थे।

“तमिलनाडु प्रिमियर लिगमा ३ करोड लगानी गरेपछि उनमा ठुलो ऋणको भार थियो। उनले आफ्नो घर पनि गिरवी राखेका थिए। ब्यांकले उनलाई निरन्तर दवाव दिईरहेपछि उनि डिप्रेसनमा गएका थिए।” एक अनुसन्धान अधिकृतले हिन्दुस्तान टाइम्सलाई बताए।

चद्रशेखरको भारतीय क्रिकेटर राहुल द्रविडसंग निकै राम्रो सम्बन्ध रहेको थियो। राहुलको छोरा चन्द्रशेखरको प्रशिक्षण केन्द्रमा गइरहने गर्थे।

भारतको लागि सन् १९८८ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका विकेटकिपर ब्याट्सम्यान चन्द्रशेखरले ७ हेलमा ८८ रन बनाएका थिए जुन क्रममा एउटा अर्धशतक प्रहार गरे। १९९० मा अस्ट्रेलियासंग खेलेको एकदिवसीयनै उनको करियरको अन्तिम खेल थियो। प्रथम श्रेणी क्रिकेटमा भने तमिलनाडुका चन्द्रशेखरले ८१ खेलमा ४३ को औसतले १० शतक प्रहार गर्दै ४ हजार ९ सय ९९ रन बनाएका थिए।

बिसीसीआई, पुर्व क्रिकेटरहरुले उनको निधनमा श्रद्दान्जली व्यक्त गरेका छन्।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]