भारतविरुद्धको टी-२० का लागि श्रीलंकाको टोली घोषणा

२०८१ श्रावण ८, मंगलवार १२:२८

काठमाडौं । घरेलु टोली श्रीलंकाले भारतविरुद्धको तीन खेलको टी-२० आई सिरिजका लागि टोली घोषणा गरेको छ ।

श्रीलंकाले चरिथ असलंकालाई कप्तानमा नियुक्त गर्दै १६ सदस्यीय टोलीको घोषणा गरेको छ ।

वानिन्दु हसारंगाले यसै महिनाको सुरुमा कप्तानबाट राजीनामा दिएपछि उनको स्थान लिएका असलंका कप्तानीमा नियुक्त भएका हुन् । असलंकाले यस वर्षको सुरुमा बंगलादेश भ्रमणका क्रममा श्रीलंकाको नेतृत्व गरेका थिए ।

असलंकाले श्रीलंका अन्डर-१९ को कप्तानी पनि गरेका छन् र हालै, जाफना किंग्सलाई आफ्नै कप्तानीमा एलपीएलको उपाधि दिलाएका थिए ।

श्रीलंकाको टिममा ३४ वर्षीय दिनेश चण्डीमललाई पुनरागमन गरेका छन् । उनले अन्तिम पटक सन् २०२२ को सुरुमा टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए । तर, ३७ वर्षीय एन्जेलो म्याथ्युजलाई भने टोलीबाट बाहिर राखिएको छ ।

अलराउन्डर चामिन्दु विक्रमसिंघेले पहिलो पटक टोलीमा मौका पाएका छन् । तीन खेलको टी-२० आई सिरिज आगामी शनिबारबाट सुरु हुनेछ । टी-२० आई सिरिज लगत्तै तीन खेलको ओडिआई सिरिज पनि रहेको छ ।

श्रीलंकाली टोली

चरिथ असालंका (कप्तान), पाथुम निसानका, कुशल परेरा, अविष्का फर्नांडो, कुसल मेंडिस, दिनेश चंडीमल, कामिन्दु मेंडिस, दासुन शनाका, वानिंदु हसरंगा, दुनिथ वेलेलेज, महेश थेक्साना, चामिन्दु विक्रमासिंघे, मथीशा पाथिराना, नुवान तुषारा, दुष्मंता चमीरा, बिनुरा फर्नांडो

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy