असालंकाले लिए मेन्डिसको स्थान

२०८१ श्रावण १५, मंगलवार २१:०५

काठमाडौं । भारतविरुद्धको तीन खेलको ओडिआई सिरिजका लागि श्रीलंकाले कुशल मेन्डिसको स्थानमा चरिथ असालंकालाई कप्तानमा चयन गरेको छ । चयनकर्ताहरुले कुशल मेन्डिसको स्थानमा चरिथ असालंकालाई नयाँ ओडिआई कप्तानमा नियुक्त गरेका छन् ।

सन् २०२४ को टी–२० विश्वकपबाट श्रीलंका बाहिरिएपछि वानिन्दु हसारंगाले पदबाट राजीनामा दिएपछि भारतविरुद्धको टी–२० सिरिजमा असालंकालाई टी–२० टोलीको कप्तान बनाइएको थियो । तीन खेलको टी-२० सिरिज घरेलु टोलीले एक खेल अगाबै गुमाईसकेको छ । अन्तिम टी-२० आई खेल जारी रहेको छ ।

अब असालंकाले ओडीआई टोलीको समेत कप्तानी गर्ने छन् ।

श्रीलंकाको टोली

चरिथ असालंका (कप्तान), पाथुम निसानका, अविष्का फर्नान्डो, कुशल मेन्डिस, सदीरा समरविक्रमा, कामिन्दु मेन्डिस, जानिथ लियानागे, निशान मदुष्का, वानिंदु हसरंगा, दुनिथ विलालागे, चमिका करुणारत्ने, महेश थिक्सेना, अकिला धनन्जया, दिलशान मदुशंका, मथीशा पाथिराना, असिता फर्नान्डो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy