असालंकाले लिए मेन्डिसको स्थान

काठमाडौं । भारतविरुद्धको तीन खेलको ओडिआई सिरिजका लागि श्रीलंकाले कुशल मेन्डिसको स्थानमा चरिथ असालंकालाई कप्तानमा चयन गरेको छ । चयनकर्ताहरुले कुशल मेन्डिसको स्थानमा चरिथ असालंकालाई नयाँ ओडिआई कप्तानमा नियुक्त गरेका छन् ।

सन् २०२४ को टी–२० विश्वकपबाट श्रीलंका बाहिरिएपछि वानिन्दु हसारंगाले पदबाट राजीनामा दिएपछि भारतविरुद्धको टी–२० सिरिजमा असालंकालाई टी–२० टोलीको कप्तान बनाइएको थियो । तीन खेलको टी-२० सिरिज घरेलु टोलीले एक खेल अगाबै गुमाईसकेको छ । अन्तिम टी-२० आई खेल जारी रहेको छ ।

अब असालंकाले ओडीआई टोलीको समेत कप्तानी गर्ने छन् ।

श्रीलंकाको टोली

चरिथ असालंका (कप्तान), पाथुम निसानका, अविष्का फर्नान्डो, कुशल मेन्डिस, सदीरा समरविक्रमा, कामिन्दु मेन्डिस, जानिथ लियानागे, निशान मदुष्का, वानिंदु हसरंगा, दुनिथ विलालागे, चमिका करुणारत्ने, महेश थिक्सेना, अकिला धनन्जया, दिलशान मदुशंका, मथीशा पाथिराना, असिता फर्नान्डो।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]