चार्टर्ड क्रिकेट लिग : बिज ग्लाईडर्स र टिम एचबिए फाइनलमा

बिज ग्लाईडर्स र टिम एचबिए काठमाडौँको मुलपानी मैदानमा जारि चार्टर्ड क्रिकेट लिगको फाइनल पुगेका छन्। उपाधिको लागि दुई टिम शनिवार ११ बजे प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको लिग चरण अन्तर्गत अन्तिम दिन सम्पन्न दुई खेलमा द न्युबिज र माउन्टेन हक्सले जित दर्ता गरेता पनि फाइनलमा स्थान बनाउन सकेनन्। अंकतालिकाको शिर्ष स्थानमा रहँदै ग्लाईडर्स र टिम एचबिए उपविजेताको रुपमा फाइनल पुगेको हो। न्युबिजले अन्तिम खेलमा टिम एचबिएलाई पराजित गरेता पनि नेट रन रेटमा पछि रहंदा फाइनल पुग्न सकेन।

दिनको पहिलो खेलमा द न्युबिजले टिम एचबिएलाई ४ रनले पराजित गर्यो। न्यु बिजले दिएको १२९ रनको लक्ष्य पछ्याएको टिम एचबिएले १२४ रन बनायो। एचबिएको लागि डम्बर न्यौपानेले ५० तथा बिशाल डंगोल ले ३६ रन बनाए भने न्युबिजका बलर प्रमाण नेपालले २ विकेट लिए। न्युबिजको ब्याटिंगमा प्रसुन कंडेलले २८ तथा मनिष शर्माले २४ रन बनाएका थिए। एचबिएका बलर पंकज शाहले ३ विकेट लिएका थिए। प्लेयर अफ द म्याच प्रमाण नेपाल घोषित भए।

दिनको दोश्रो खेलमा माउन्टेन हक्सले एपीए एभेन्जर्सलाई १० रनले पराजित गर्यो। हक्सले दिएको १२७ रनको लक्ष्य पछ्याएको एभेन्जर्सले २० ओभरमा ९ विकेट क्षेतीमा ११६ रन मात्र बनाउन सक्यो। एभेन्जर्सको लागि गोपाल तिमल्सिना र प्रतिक गैरेले समान ३५ रन बनए भने प्लेयर अफ द म्याच घोषित हक्सका बलर ओसीस कंडेलले ३ विकेट लिए। हक्सको ब्याटिंगमा खगेन्द्र बोगटीले २५ तथा अंकित अधिकारीले १८ रन बनाएका थिए। एभेन्जर्सका बलर सन्दिप बस्याल र गोपाल तिमल्सिनाले समान तिन विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy