धनगढी क्रिकेट एकेडेमीको प्रशिक्षकमा दिपेन्द्र चौधरी नियुक्त

  • विकेटनेपाल, जेठ २८ – सोमबार

धनगढी प्रिमियर लिगको आयोजक संस्था धनगढी क्रिकेट एकेडेमीले नेपालका पुर्व क्रिकेटर दिपेन्द्र चौधरीलाई प्रशिक्षकमा नियुक्त गरेको छ। दिपेन्द्र चौधरीले सन् १९९८ मा पहिलोपल्ट नेपालको लागि खेल्दै १३ बर्ष खेलाडी जीवन बिताएर अन्तिम पटक सन् २०११ मा देशको प्रतिनिधित्व गरेका थिए।

त्यसपछि विभिन्न समयमा प्रशिक्षकको जिम्मेवारी  सम्हालेका चौधरी एसीसीका लेभल ३ प्रशिक्षक हुन्। “राष्ट्रिय टोली बलियो बनाउन ग्रासरुट लेभलको क्रिकेटमा जोड नदिई हुँदैन, त्यसैले विगत देखि नै हामीले ग्रासरुट लेभलको क्रिकेट विकासमा विशेष ध्यान पुर्याउँदै आएका छौँ । यसै सन्दर्भमा हामीले एसीसीका लेभल थ्री प्रशिक्षक श्री दीपेन्द्र चौधरीलाई धनगढी क्रिकेट एकेडेमीको प्रमुख प्रशिक्षका रुपमा धनगढी भित्र्याउँदैछौ।” धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाहीले भने।

चौधरी केहि समय रास्ट्रीय क्रिकेट एकेडेमीको प्रशिक्षकको रुपमा समेत रहेका थिए

डिपिएलमा बिराटनगर किंग्स र ईपिएलमा चितवन टाइगर्सको प्रशिक्षक रहेका उनले २०१४ मा भएको एसियन गेम्समा दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको प्रशिक्षक भइ काम गरिसकेका छन् भने उनी यू–१६ राष्ट्रिय टोलीका प्रशिक्षक समेत हुन्। नेपालले एसिसी ट्रफी खेल्दा र विश्वकप छनोटका क्रममा मुख्य प्रशिक्षक पुबुदु दासानायकेको सहायकका रुपमा उनले भुमिका निर्वाह गरेका थिए।

सन् २०१२ मा स्थापना भएको एकेडेमीले सुरुवात देखिनै नेपाली क्रिकेटको विकासमा जोड दिँदै आएको छ भने नेपालको घरेलु क्रिकेट ईतिहासमा निजि क्षेत्रबाट आयोजित सर्बाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग (डिपिएल) को दोश्रो संस्करण पनि सफलता पुर्वक सम्पन्न गरिसकेको छ।

“एकेडेमीमा अहिले ९० जना खेलाडीहरु रहेका छन् जसमा २५ जनालाई एकेडेमीले पूर्ण छात्रवृत्तिको ब्यबस्था मिलाएको छ। उनै खेलाडीहरुको स्तर वृद्धि गर्नका लागि अहिले हामीले १ बर्षको सम्झौता गरेका छौँ” शाहीले थपे।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]