धनगढी क्रिकेट एकेडेमीको प्रशिक्षकमा दिपेन्द्र चौधरी नियुक्त

  • विकेटनेपाल, जेठ २८ – सोमबार

धनगढी प्रिमियर लिगको आयोजक संस्था धनगढी क्रिकेट एकेडेमीले नेपालका पुर्व क्रिकेटर दिपेन्द्र चौधरीलाई प्रशिक्षकमा नियुक्त गरेको छ। दिपेन्द्र चौधरीले सन् १९९८ मा पहिलोपल्ट नेपालको लागि खेल्दै १३ बर्ष खेलाडी जीवन बिताएर अन्तिम पटक सन् २०११ मा देशको प्रतिनिधित्व गरेका थिए।

त्यसपछि विभिन्न समयमा प्रशिक्षकको जिम्मेवारी  सम्हालेका चौधरी एसीसीका लेभल ३ प्रशिक्षक हुन्। “राष्ट्रिय टोली बलियो बनाउन ग्रासरुट लेभलको क्रिकेटमा जोड नदिई हुँदैन, त्यसैले विगत देखि नै हामीले ग्रासरुट लेभलको क्रिकेट विकासमा विशेष ध्यान पुर्याउँदै आएका छौँ । यसै सन्दर्भमा हामीले एसीसीका लेभल थ्री प्रशिक्षक श्री दीपेन्द्र चौधरीलाई धनगढी क्रिकेट एकेडेमीको प्रमुख प्रशिक्षका रुपमा धनगढी भित्र्याउँदैछौ।” धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाहीले भने।

चौधरी केहि समय रास्ट्रीय क्रिकेट एकेडेमीको प्रशिक्षकको रुपमा समेत रहेका थिए

डिपिएलमा बिराटनगर किंग्स र ईपिएलमा चितवन टाइगर्सको प्रशिक्षक रहेका उनले २०१४ मा भएको एसियन गेम्समा दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको प्रशिक्षक भइ काम गरिसकेका छन् भने उनी यू–१६ राष्ट्रिय टोलीका प्रशिक्षक समेत हुन्। नेपालले एसिसी ट्रफी खेल्दा र विश्वकप छनोटका क्रममा मुख्य प्रशिक्षक पुबुदु दासानायकेको सहायकका रुपमा उनले भुमिका निर्वाह गरेका थिए।

सन् २०१२ मा स्थापना भएको एकेडेमीले सुरुवात देखिनै नेपाली क्रिकेटको विकासमा जोड दिँदै आएको छ भने नेपालको घरेलु क्रिकेट ईतिहासमा निजि क्षेत्रबाट आयोजित सर्बाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग (डिपिएल) को दोश्रो संस्करण पनि सफलता पुर्वक सम्पन्न गरिसकेको छ।

“एकेडेमीमा अहिले ९० जना खेलाडीहरु रहेका छन् जसमा २५ जनालाई एकेडेमीले पूर्ण छात्रवृत्तिको ब्यबस्था मिलाएको छ। उनै खेलाडीहरुको स्तर वृद्धि गर्नका लागि अहिले हामीले १ बर्षको सम्झौता गरेका छौँ” शाहीले थपे।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy