इपिएलमा दर्शक तताउन वेलायती चियरलिडर्स नेपालमा ( फोटो फिचर )

  • विकेटनेपाल, मङ्सिर १९ – विहिबार 

नेपाली खेलकुदको इतिहासमै पहिलो पटक बिदेशी चियरलिडर्सको प्रयोग हुने भएको छ।

यही मङ्सिर २२ गतेबाट त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदान किर्तिपुरमा सुरु हुने एभरेष्ट प्रिमियर लिग टि-२० का लागि व्यवसायीक चियर लिडर्स नेपाल आईपुगेका छन्। राजधानीमा बुधवार आयोजित पत्रकार सम्मेलन बिच चियरलिडर स्पोन्सर किंगफिशरले चियरलिडर्स सार्वजनिक गरेको हो।

इपिएलको हरेक खेलमा व्यस्त रहने चियरलिडरले चौका, छक्का लाग्दा र विकेट झर्दा नाच्ने र दर्शकलाई मनोरञ्जन प्रदान गर्ने काम गर्नेछन्।विश्वभर चियरलिडरको प्रयोग सामान्य भएता पनि नेपालमा भने ब्यबसायिक चियरलिडरहरुको प्रयोग पहिलो पटक हुन लागेको हो। सन् २०१६ को एभरेष्ट प्रिमियर लिगमा बिशाल वारियर्सले नेपाली चियरलिडरको प्रयोग गरेपनि प्रभावकारी हुन सकेको थिएन।

एभरेष्ट प्रिमियर लिगका लागि आएका ६ चियरलिडर सबै वेलायतको रहेको इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी गराएका छन्। आइपीएलमा दिल्ली डेयरडेभिल्स ( हाल दिल्ली क्यापिटल ) मा २ सिजन तथा भर्खरै सम्पन्न हक्की बिश्वकपमा समेत चियरलिडर्सको रुपमा उनीहरुले काम गरिसकेका छन्। अख्तर स्वयम् भारतमा इन्डियन प्रिमियरको दौरान पुगेर चियरलिडर ल्याउन पहल गरेका हुन्।

 

इपिएलमा आएका चियरलिडर्सहरु स्वयंसेवकका रुपमा नेपाल आएका हुन्। व्यवसायीक रूपमा धेरै खर्चिला भएपनि उनीहरुलाई आयोजकले होलिडे प्याकेजको  व्यवस्था गरेको जसमा आयोजकले राजधानी र नेपालको अन्य ठाउँमा भ्रमण समेत गराउनेछ।

एभरेष्ट प्रिमियर लिग प्रबन्ध निर्देशक आमिर अख्तरले चियरलिडरको प्रयोगले नेपाली घरेलु क्रिकेटमा नयाँ आयाम ल्याउने बताए।

पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार ६ जना चियरलिडरलाई ३-३ जनाको समुहमा बाँडेर हरेक खेलमा दुबै टोलीको पक्षमा राखिने छ। हरेक खेलका लागि चियरलिडरको लुगा समेत टोलि अनुसार फरक हुनेछ।

एभरेष्ट प्रिमियर लिग मङ्सिर २२ गते देखि सुरु भइ पौष ७ गते ( डिसेम्बर ८ – डिसेम्बर २२ ) सम्म आयोजना हुनेछ। लिगमा काठमाडौं किंग्स ११, भैरहवा ग्लाडीएटर्स, बिराटनगर वारियर्स, पोखरा राइनोज, ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स गरि ६ टोलीको सहभागिता रहनेछ।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]