आईपीएल : पन्जाबलाई पराजित गर्दै चेन्नाई लिगको शिर्षस्थानमा

  • विकेटनेपाल, चैत-२३ 

इन्डियन प्रिमियर लिग अन्तर्गत १८ औं खेलमा चेन्नाई सुपर किंग्सले किंग्स-११ पन्जाबलाई २२ रनले पराजित गरेको छ।

घरेलु मैदानमा जितसंगै चेन्नाई लिगमा ५ खेल खेल्दा ४ जित र १ हार सहित ८ अंक बटुल्दै शिर्षस्थानमा उक्लेको छ। ५ खेल खेल्दा ३ जित र २ हार बेहोर्दै ६ अंक बटुलेको पन्जाब चौथो स्थानमा रहेको छ। समान अंक रहे पनि हैदराबाद र कोलकाता नेट रन-रेटको आधारमा दोश्रो र तेश्रो स्थानमा रहेका छन्।

खेलमा चेन्नाईले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबको सुरुवात खराब रह्यो। क्रिस गेल ५ रन तथा मायाँक अग्रवाल खाता नखोली आउट भए।

तेश्रो विकेटको लागि ओपनर लोकेस राहुल र सरफराज खानले तेश्रो विकेटको लागि ११० रनको साझेदारी गरे पनि रन-रेट कम हुँदा पन्जाबले अन्तिममा दबाबमा रन बनाउन सकेन।

राहुलले ५५ रन ( ४७ बलमा ३ चौका र १ छक्का ) तथा खानले ६७ रन ( ५९ बलमा ४ चौका र २ छक्का ) बनाए पनि टिमले २० ओभरमा ५ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो।

अन्तिम ३ ओभरमा जितको लागि ४६ रन आवस्यक रहंदा १८ औं ओभर बलिङ्ग गरेका कुग्गेलेजनले मात्र ७ रन खर्चेर राहुलको विकेट लिए। यस्तै १९ औ ओभरमा बलिङ्ग गरेका दिपक चाहरले १३ रन खर्चेर मिलरको विकेट लिए। अन्तिम ओभरमा जितको लागि २६ रन आवस्यक थियो तर कुग्गेलेजनले सरफराज खानको विकेट संगै मात्र ३ रन खर्चिदा चेन्नाईले २२ रनको जित निकाल्यो।

चेन्नाईको बलिङ्गमा हरभजन सिंह ( ४-१-१७-२ ) र स्कट कुग्गेलेजनले ( ४-१-३७-२ ) २/२ विकेट लिए। दिपक चाहरले १ विकेट लिन ४ ओभरमा ४० रन खर्चिए। रभिन्द्र जडेजा ( ४-०-२४-० ) र इमरान ताहिर ( ४-०-२०-० ) विकेट विहिन रहे।

चेन्नाईको ब्याटिंग   

खेलमा टस जितेर ब्याटिंग गरेको चेन्नाईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रनको योगफल तयार गरेको थियो।

चेन्नाईको लागि ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ५४ रनको योगदान दिए जुन क्रममा ३८ बलमा ४ छक्का र २ चौका प्रहार गरे।

पहिलो विकेटको लागि डु प्लेसिस र शेन वाटसन बीच ५६ रनको साझेदारी भएको थियो। वाटसन २६ रन ( २४ बलमा ३ चौका र १ छक्का ) बनाएर आउट भएपछि डु प्लेसिस र सुरेश रैनाले दोश्रो विकेटको लागि ४४ रनको साझेदारी गरे। रैनाले २० बलमा १ चौका मदतले १७ रन बनाए।

तेश्रो विकेट गुमाएपछि कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले चौथो विकेटको लागि अविजित ६० रनको साझेदारी गरे। धोनी ३७ रन ( २३ बलमा ४ चौका र १ छक्का ) तथा रायडु २१ रन ( १५ बलमा १ चौका र १ छक्का ) बनाएर अविजित रहे।

पन्जाबको लागि ३ वटै विकेट कप्तान रभीचन्द्रन आश्विनले लिए जसले ४ ओभरमा २३ रन खर्चिए।

 





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]