धोनी बिना उत्रेको चेन्नाई हैदराबादसंग पराजित

२०७६ बैशाख ४, बुधबार २३:४८

  • विकेटनेपाल, बैशाख-४ 

इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत ३३ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नाई सुपर किंग्सलाई  ६ विकेटले पराजित गरेको छ।

हार पछि पनि चेन्नाई लिगको शिर्ष स्थानमा कायम रहेको छ भने हैदराबाद पाँचौ स्थानमा उक्लेको छ। ९ खेलमा चेन्नाईले ७ जित र २ हार बेहोरेको छ र १४ अंक छ भने हैदराबादको ८ खेलमा ४/४ जित हार सहित १० अंक रहेको छ।

खेलेनन् धोनी 

सन् २०१० पछि पहिलो पटक टिमको कप्तानी न्सम्हालेका महेन्द्र सिंह धोनीको अनुपस्थितिमा चेन्नाईले आफ्नो लिगको लय कायम गर्न सकेन। ढाडको दुखाईको कारण धोनीले आजको खेल नखेलेका हुन्। उनको सट्टा सुरेश रैनाले टिमको कप्तानी गरे। धोनीले चेन्नाईको लागि खेल्ने क्रममा चौथो पटक खेल खेलेनन्।

बेयरस्टो र वार्नर उत्कृस्ट 

खेलमा चेन्नाईले दिएको १३३ रनको लक्ष्य हैदराबादले १६.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

हैदराबादको लागि ओपनर डेभिड वार्नर र जोन्नि बेयरस्टोले पहिलो विकेटको लागि ६६ रनको साझेदारी गरे। वार्नर २५ बलमा १० चौका प्रहार गर्दै ५० रन बनाएर आउट भए।

पहिलो विकेट गुमे पछि हैदराबादले लगातार जसो विकेट गुमाए पनि बेयरस्टोले एक किनार सम्हालीरहे। कप्तान केन विलियमसन ३ रन , भिजय शंकर ७ रन,  दिपक हुडा १३ रन बनाएर आउट भए।

बेयरस्टोले अन्तिमसम्म अविजित रहँदै अविजित ६१ रन बनाए पछि हैदराबादले १६.५ ओभरमा लक्ष्य पुरा गर्यो। ४४ बलमा उनले ३ चौका र ३ छक्का प्रहार गरे।

चेन्नाई बलर इमरान ताहिरले २ विकेट ( ४-०-२०-२ ) तथा दिपक चाहर ( ३-०-३१-१ ) र कर्न शर्मा ( २-५-०-३३-१ ) ले १/१ विकट लिए।

चेन्नाईको ब्याटिंग , अन्तिम ५ ओभरमा बनेन रन 

टस जितेर ब्याटिंग गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १३२ रन बनाएको थियो।

राम्रो सुरुवात गरेको चेन्नाईको लागि ओपनर शेन वाटसन र फाफ डु प्लेसिसले ७९ रन बनाएका थिए। वाटसनले ३१ रन ( २९ बलमा ४ चौका ) र डु प्लेसिसले ४५ रन ( ३१ बलमा ३ चौका र ३ छक्का ) प्रहार गरे।

डु प्लेसिस र वाटसनले १० औं र ११ औं ओभरमा लगातार विकेट गुमाएपछि १३ रन बनाएका सुरेश रैना पनि आउट भए। लगत्तै केदार जाधब १ रन तथा स्याम बिलिंग खाता नखोली आउट भए।

१४.४ ओभरमा १०१/५ पुगेको चेन्नाईले त्यसपछि अन्तिम ५ ओभरमा विकेट नगुमाए पनि ३१ रन मात्रै बनाउन सक्यो।

रभिन्द्र जडेजाले २० बल खेल्दा अविजित १० रन बनाए जसमा कुनै बाउन्ड्री सामेल थिएन। अम्बाती रायडुले २५ रन ( २१ बलमा २ चौका ) बनाए।

चेन्नाईलाई २० ओभरमा १३२/५ मा रोक्न हैदराबाद बलर रासिद खानले कसिलो बलिङ्ग गर्दै २ विकेट ( ४-०-१७-२ ) लिए। यस्तै खलिल एह्मद ( ४-०-२२-१ ) , शाहबाज नदीम ( २-०-२४-१ ) र भिजे शंकर ( २-०-११-१ ) ले १/१ विकेट लिए।

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy