धोनी बिना उत्रेको चेन्नाई हैदराबादसंग पराजित

  • विकेटनेपाल, बैशाख-४ 

इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत ३३ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नाई सुपर किंग्सलाई  ६ विकेटले पराजित गरेको छ।

हार पछि पनि चेन्नाई लिगको शिर्ष स्थानमा कायम रहेको छ भने हैदराबाद पाँचौ स्थानमा उक्लेको छ। ९ खेलमा चेन्नाईले ७ जित र २ हार बेहोरेको छ र १४ अंक छ भने हैदराबादको ८ खेलमा ४/४ जित हार सहित १० अंक रहेको छ।

खेलेनन् धोनी 

सन् २०१० पछि पहिलो पटक टिमको कप्तानी न्सम्हालेका महेन्द्र सिंह धोनीको अनुपस्थितिमा चेन्नाईले आफ्नो लिगको लय कायम गर्न सकेन। ढाडको दुखाईको कारण धोनीले आजको खेल नखेलेका हुन्। उनको सट्टा सुरेश रैनाले टिमको कप्तानी गरे। धोनीले चेन्नाईको लागि खेल्ने क्रममा चौथो पटक खेल खेलेनन्।

बेयरस्टो र वार्नर उत्कृस्ट 

खेलमा चेन्नाईले दिएको १३३ रनको लक्ष्य हैदराबादले १६.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

हैदराबादको लागि ओपनर डेभिड वार्नर र जोन्नि बेयरस्टोले पहिलो विकेटको लागि ६६ रनको साझेदारी गरे। वार्नर २५ बलमा १० चौका प्रहार गर्दै ५० रन बनाएर आउट भए।

पहिलो विकेट गुमे पछि हैदराबादले लगातार जसो विकेट गुमाए पनि बेयरस्टोले एक किनार सम्हालीरहे। कप्तान केन विलियमसन ३ रन , भिजय शंकर ७ रन,  दिपक हुडा १३ रन बनाएर आउट भए।

बेयरस्टोले अन्तिमसम्म अविजित रहँदै अविजित ६१ रन बनाए पछि हैदराबादले १६.५ ओभरमा लक्ष्य पुरा गर्यो। ४४ बलमा उनले ३ चौका र ३ छक्का प्रहार गरे।

चेन्नाई बलर इमरान ताहिरले २ विकेट ( ४-०-२०-२ ) तथा दिपक चाहर ( ३-०-३१-१ ) र कर्न शर्मा ( २-५-०-३३-१ ) ले १/१ विकट लिए।

चेन्नाईको ब्याटिंग , अन्तिम ५ ओभरमा बनेन रन 

टस जितेर ब्याटिंग गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १३२ रन बनाएको थियो।

राम्रो सुरुवात गरेको चेन्नाईको लागि ओपनर शेन वाटसन र फाफ डु प्लेसिसले ७९ रन बनाएका थिए। वाटसनले ३१ रन ( २९ बलमा ४ चौका ) र डु प्लेसिसले ४५ रन ( ३१ बलमा ३ चौका र ३ छक्का ) प्रहार गरे।

डु प्लेसिस र वाटसनले १० औं र ११ औं ओभरमा लगातार विकेट गुमाएपछि १३ रन बनाएका सुरेश रैना पनि आउट भए। लगत्तै केदार जाधब १ रन तथा स्याम बिलिंग खाता नखोली आउट भए।

१४.४ ओभरमा १०१/५ पुगेको चेन्नाईले त्यसपछि अन्तिम ५ ओभरमा विकेट नगुमाए पनि ३१ रन मात्रै बनाउन सक्यो।

रभिन्द्र जडेजाले २० बल खेल्दा अविजित १० रन बनाए जसमा कुनै बाउन्ड्री सामेल थिएन। अम्बाती रायडुले २५ रन ( २१ बलमा २ चौका ) बनाए।

चेन्नाईलाई २० ओभरमा १३२/५ मा रोक्न हैदराबाद बलर रासिद खानले कसिलो बलिङ्ग गर्दै २ विकेट ( ४-०-१७-२ ) लिए। यस्तै खलिल एह्मद ( ४-०-२२-१ ) , शाहबाज नदीम ( २-०-२४-१ ) र भिजे शंकर ( २-०-११-१ ) ले १/१ विकेट लिए।

 

 





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]