मिचेल मार्श पछि अर्का अस्ट्रेलियन खेलाडी फास्ट बलर जोश हेजलवुडले आईपीएल २०२१ बाट नाम फिर्ता लिएका छन्। आईपीएलको १४ औं सिजन अप्रिल ९ तारिख देखि सुरु हुँदैछ जस अघि चेन्नाईलाई ठूलो झट्का लागेको छ।
३० वर्षीय खेलाडी अघिल्लो वर्ष २०२० अगस्ट देखि यो वर्ष जनवरीसम्म जैव सुरक्षित घेरामा रहेका थिए। अस्ट्रेलियाको व्यस्त अन्तर्राष्ट्रिय खेलतालिकालाई ध्यानमा राखेर अनुभवी खेलाडीले त्यसको लागि मानसिक र शारीरिक रुपमा आफुलाई तयार राख्न आईपीएल नखेल्ने निर्णय लिएका हुन्।
हेजलवुडले आईपीएल २०२० मा चेन्नाई सुपर किंग्सको लागि तिनवटा खेल खेलेका थिए र यो पटक लिगमा सहभागी हुनको लागि अप्रिल १ तारिखमा भारत जाने अपेक्षा गरिएको थियो।
“१० महिना भैसक्यो क्वारेन्टाइन र घेरामा बिभिन्न पटक बसेको, त्यसैले मैले क्रिकेटबाट केहि समय विश्राम लिंदै घरमा केहि समय बिताउने निर्णय लिएको हुँ।” हेजलवुडले बताएका छन्।
Exclusive: Josh Hazlewood has withdrawn from his #IPL stint with @ChennaiIPL & hopes to be playing the #SheffieldShield final in a fortnight | @samuelfez https://t.co/y9ZcYGH6li pic.twitter.com/d3fcALQPyv
— cricket.com.au (@cricketcomau) March 31, 2021
“अब हाम्रो लामो अवधि जाडो महिना सुरु हुँदैछ। वेस्टइन्डिजको टुर लामो हुनेवाला छ जसपछि बंगलादेशसंग टि-२० भ्रमण सम्भवतः हुनेछ। त्यसपछि टि-२० वर्ल्डकप र एशेज सिरिज। त्यसैले आगामी १२ महिना निकै ठूलो छ। म अस्ट्रेलियाको लागि मानसिक र शारीरिक रुपमा आफ्नो उत्कृस्ट योगदान दिन चाहन्छु।” उनले थपे।
यस अघि अस्ट्रेलियाका दुई खेलाडी जोश फिलिपे र मिचेल मार्शले आईपीएल २०२१ बाट नाम फिर्ता लिईसकेका छन्।
चेन्नाई सुपर किंग्सले हेजलवुडको प्रतिस्थापनमा खेलाडीको घोषणा गरेको छैन। यो सिजन लुंगी एनगीडीले लिगको सुरुवात खेल खेल्न नपाउने हुँदा चेन्नाईमा स्याम करन र ड्वेन ब्राभो जस्ता विदेशी खेलाडीमा थप दवाव रहेको छ।
चेन्नाई सुपर किंग्स टिम : एमएस धोनी ( कप्तान), सुरेश रैना, अंबाती रायुडू, केएम आसिफ, दीपक चहर, ड्वेन ब्राभो ✈️, फाफ डु प्लेसिस ✈️, इमरान ताहिर ✈️, एन जगदीसन, कर्ण शर्मा, लुंगी एनगिडी ✈️, मिशेल स्यान्टनर ✈️ , रवीन्द्र जडेजा, रुतराज गायकवाड, शार्दुल ठाकुर, स्याम करन ✈️ , आर साई किशोर, रोबिन उथप्पा, क्रिश्नप्पा गोथम , मोइन अलि ✈️ , चेतेश्वर पुजारा, भगत वर्मा , हरि निशान्थ , हरिशंकर रेड्डी
सम्बन्धित
https://wicketnepal.com/ipl-jasno-ryo-marsh-sthanma-wn21/
https://wicketnepal.com/dilli-ko-kaptani-pant-le-garne-wn21/
