आईपीएल : हेजलवुडको प्रतिस्थापनमा चेन्नाईले भित्र्यायो यी अस्ट्रेलियन पेसर

२०७७ चैत्र २७, शुक्रबार १६:५१

आईपीएल टिम चेन्नाई सुपर किंग्सले अस्ट्रेलियन फास्ट बलर जेसन बेह्रेनडर्फलाई अर्का अस्ट्रेलियन फास्ट बलर जोश हेजलवुडको प्रतिस्थापनमा टिममा भित्र्याएको छ।

हेजलवुड सहित आईपीएल २०२१ अघि जोश फिलिपे र मिचेल मार्श गरि तिन जना अस्ट्रेलियन क्रिकेटरले नाम फिर्ता लिएका थिए। अस्ट्रेलियाको व्यस्त अन्तर्राष्ट्रिय खेलतालिकालाई ध्यानमा राखेर उनीहरुले आईपीएल छोड्ने निर्णय लिएका थिए।

२०१९ आईपीएलमा बेह्रेनडर्फले मुम्बई इन्डीएन्सबाट डेब्यु गरेका थिए जुन क्रममा ५ खेल खेलेका उनले ५ विकेट लिएका थिए। ३० वर्षीय खेलाडीले अस्ट्रेलियाको लागि ११ एकदिवसीय अन्तर्राष्ट्रिय र ७ वटा टि-२० अन्तर्राष्ट्रिय खेलेका छन् जुन क्रममा १६ र ७ विकेट नाम गरेका छन्। २०१७ मा अस्ट्रेलियाको लागि डेब्यु गरेका उनले अन्तिम पटक २०१९ फेब्रुअरीमा भारत बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए।

आईपीएल २०२१ मा चेन्नाईले पहिलो खेल अप्रिल १० तारिखमा दिल्ली क्यापिटल्स बिरुद्ध मुम्बईमा खेल्ने तालिका रहेको छ।

आईपीएल २०२१ चेन्नाई सुपर किंग्स टोलि :  एमएस धोनी ( कप्तान), सुरेश रैना, अंबाती रायुडू, केएम आसिफ, दीपक चहर, ड्वेन ब्राभो ✈️, फाफ डु प्लेसिस ✈️, इमरान ताहिर ✈️, एन जगदीसन, कर्ण शर्मा, लुंगी एनगिडी ✈️, मिशेल स्यान्टनर ✈️ , रवीन्द्र जडेजा, जेसन बेह्रेनडर्फ✈️, रुतराज गायकवाड, शार्दुल ठाकुर, स्याम करन ✈️ , आर साई किशोर, रोबिन उथप्पा, क्रिश्नप्पा गोथम , मोइन अलि ✈️ , चेतेश्वर पुजारा, भगत वर्मा , हरि निशान्थ , हरिशंकर रेड्डी

धेरैले पढेको 

https://wicketnepal.com/sikkim-e-div-league-police-1st-m/

https://wicketnepal.com/14th-ipl-aaja-suru-hundai-sampurna-jank/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy