कोरोना संक्रमित पूर्व भारतीय क्रिकेटर चौहानको अवस्था गम्भीर

जुलाई महिनाको सुरुवातमा कोरोना पोजेटिभ पाइएका पूर्व भारतीय क्रिकेटर चेतन चौहानको अवस्था गम्भीर रहेको बताईएको छ। उनलाई शुक्रबार भेन्टिलेटर सपोर्टमा राखिएको छ।

जुलाईमा कोरोना पोजेटिभ भएपछि चौहानलाई भारत, लखनउको संजय गान्धी हस्पिटलमा भर्ना गरिएको थियो। त्यसपछि उनलाई किड्नी र ब्लड प्रेसर सम्बन्धित समस्या समेत देखिएपछि भेन्टिलेटरमा राखिएको हो।

हाल चौहानलाई मेदान्त अस्पतालमा भर्ना गरिएको छ। शनिवार विहान उनको किड्नी फेल भए पछि उनको अवस्था गम्भीर बनेको हो।

क्रिकेट करियर 

७३ वर्षीय चेतन चौहानले भारतको लागि ४० टेस्ट र ७ वानडे खेलेका थिए।

टेस्ट करियरमा ३१.५७ को औशतले २,०८४ रन बनाएका चौहानले १६ अर्धशतक बनाएका थिए। चौहानले सुनिल गावस्करसंग ओपनिंग ब्याटिंग गर्दै ३ हजार भन्दा बढी रन बनाएका थिए जसमा १० वटा शतकीय साझेदारी सामेल छ। टेस्टमा उत्कृस्ट गावस्करसंगको उत्कृस्ट साझेदारीको लागि उनलाई चिनिने गरिन्छ। तर उनले करियरमा शतक भने बनाउन सकेनन्। उनि टेस्ट क्रिकेटमा पहिलो यस्तो खेलाडी बनेका थिए जसले २ हजार रन बनाएता पनि कुनै शतक प्रहार गर्न सकेका थिएनन्।

सन् १९८१ मा उनले अन्तिम पटक भारतको लागि न्युजिल्यान्ड बिरुद्ध टेस्ट खेलेका थिए। त्यसपछि उनलाई टिमबाट बाहिर गरिएको थियो। घरेलु क्रिकेटमा भने चौहानले २१ शतक र ५९ अर्धशतक मद्दतले ११,१४३ रन बनाएका थिए। क्रिकेट करियर पछि चौहान राजनीतिमा प्रवेश गरेका थिए जसले १९९१ र १९९८ मा दुइ पटक बिजेपीबाट लोकसभा चुनाव जितेका थिए।

सम्बन्धित :-

https://wicketnepal.com/kundan-singh-covid-19-wn20/

https://wicketnepal.com/pawan-das-corona-wn20/

यो पनि पढ्नुस :-

https://wicketnepal.com/cpl-t20-jamaica-team-prev-wn20/

https://wicketnepal.com/4-ball-4-wicket-new-wc-wn20/

https://wicketnepal.com/hussy-dhoni-bat-position-wn20/

https://wicketnepal.com/5-companied-keen-ipl-title-spon-wn20/

https://wicketnepal.com/ipl-big-players-to-miss-out-first-week-wn20/

https://wicketnepal.com/cricketers-salary-can-wn20/

मेस्सीलाई सोधियो, संगै खेल्नुभयो भने रोनाल्डोलाई बल पास गर्नुहुन्छ ?





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]