महिला र पुरुष क्रिकेटमा प्रदेश १ र प्रदेश ७ को बिजयी सुरुवात : मुख्यमन्त्री कप

  • विकेटनेपाल – २९ फाल्गुन, बुधवार 

कैलालीको धनगढीमा बुधवारबाट प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता अन्तर्गत क्रिकेट विधामा बुधवार महिला र पुरुष तर्फ दुई दुई खेल संचालन भए।

महिला खेल धनगढीको सङ्घीय प्रहरी इकाइको खेल मैदानमा संचालन भयो भने पुरुषको खेल फाप्ला क्रिकेट मैदानमा संचालन भएको थियो। सुदूरपश्चिम सरकारले पहिलो पटक आयोजना गरेको प्रतियोगिता सञ्चालन गर्न २ करोड रकम विनियोजन गरेको छ।

पुरुष क्रिकेट : प्रदेश १ र प्रदेश ७ बिजयी :

पुरुष क्रिकेटतर्फ बुधवार संचालन भएका खेलहरुमा प्रदेश १ र प्रदेश ७ ले जित दर्ता गरेका छन्। फाप्ला मैदानमा संचालित दिनको पहिलो खेलमा प्रदेश ७ ले प्रदेश ६ लाई ८ विकेटले पराजित गर्यो। यस्तै दिनको दोस्रो खेलमा प्रदेश १ ले प्रदेश ५ माथि ५ रनको जित दर्ता गर्यो।

पहिलो खेलमा टस जितेर ब्याटिंग गर्दै प्रदेश ६ ले दिएको ९५ रनको सामन्य लक्ष्य प्रदेश ७ ले १४.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। प्रदेश ७ को जितमा सन्जु दमाइले सर्वाधिक अविजित ४३ रनको इनिंग खेले। यस्तै खडक बोहोराले २४ तथा दिपेन्द्र बोहोराले अविजित २० रनको योगदान गरे।

प्रदेश ६ को बलिङ्गमा दिवन पुन र रबिन्द्र शाहीले समान १-१ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन्।

यसअघि पहिले ब्याटिंग गरेको प्रदेश ६ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र जोड्न सकेको थियो। उसका दिवन पुनले अविजित २२ रन तथा हेमन्त ओलीले १० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

प्रदेश ७ को बलिङ्गतर्फ नरेन्द्र साउदले सर्वाधिक ४ विकेट ( ४-१-११-४ ) हात पारेका थिए। यस्तै महेश अधिकारीको नाममा २ र बिकास आग्रीको नाममा १ विकेट रह्यो।

पुरुष क्रिकेट तर्फनै दिनको दोस्रो खेलमा प्रदेश १ ले प्रदेश ५ लाई रोमाञ्चक खेलमा ५ रनले पराजित गर्यो। प्रदेश १ ले दिएको ११६ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश ५ ले निर्धारित २० ओभरमा ११० रन मात्र जोड्न सक्दा ५ रनको झिनो हार बेहोर्यो।

सामन्य लक्ष्य पछ्याउने क्रममा प्रदेश ५ का लागि सुबेन्दु पाण्डेले सर्वाधिक २२ तथा कृष्ण कार्कीले अविजित १६ रन जोडेपनि टोलीलाई जित दिलाउन विफल रहे।

प्रदेश १ को बलिङ्गतर्फ खेलमा प्लेयर अफ दि म्याच चुनिएका पुष्प थापाले २ विकेट ( ४-०-९-२ ) हात पारे। यस्तै कमल खत्री र मुकुन्द यादवको नाममा समेत समान २-२ विकेट रह्यो।

यसअघि खेलमा पहिले ब्याटिंग गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११५ रन जोडेको थियो। टोलीका लागि दिपेश कंडेलले अविजित ३६ तथा पुष्प थापाले ३४ रनको योगदान गरेका थिए।

प्रदेश ५ को बलिङ्गमा कृष्ण कार्कीले २ विकेट हात पार्दा सन्दिप सुनार, सिद्दान्त शाही, रुपेश कुर्मी र बिक्रम भुषालको नाममा समान १-१ विकेट रहेको थियो।

महिला क्रिकेट : प्रदेश ७ को सानदार जित, प्रदेश १ संग प्रदेश ५ पराजित : 

प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न महिला क्रिकेटका खेलहरुमा प्रदेश १ र प्रदेश ७ ले सानदार जित दर्ता गरे। प्रदेश १ ले प्रदेश ५ लाई ७ विकेटले पराजित गर्दा प्रदेश ७ ले प्रदेश ६ लाई मात्र ४ रनमा अलआउट गर्दै ठूलो जित हात पार्यो।

दिनको पहिलो खेलमा प्रदेश ७ ले नाटकीय नतिजा निकाल्न प्रदेश ६ लाई मात्र ४ रनमा समेट्यो। पहिले ब्याटिंग गर्दै प्रदेश ७ ले दिएको २३२ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको प्रदेश ६ का लागि लक्ष्मी पुरीले १ रन जोड्न बाहेक अन्य कुनै खेलाडीले खाता खोल्न सकेनन्। प्रदेश ६ ले ३ रन अतिरिक्त स्वरूप पाएको थियो।

प्रदेश ७ को बलिंगतर्फ कबिता कुँवरले २ ओभरमा कुनै रन नखर्ची ४ विकेट हात पारिन्। त्यसक्रममा उनले ह्याट्रिक समेत लिन सफल रहेकी थिइन्। यस्तै सुमन विस्टको नाममा २ विकेट रह्यो।

यसअघि पहिले ब्याटिंग गरेको प्रदेश ७ ले निर्धारित १५ ओभरमा २३१ रन जोड्न सफल भएको थियो। प्रदेश ७ का लागि रुबी पोद्दारले सर्वाधिक ८५ रन तथा रेवती धामीले ६९ रनको योगदान गरेकी थिइन्।

बुधवारनै सम्पन्न दिनको दोस्रो खेलमा प्रदेश १ ले प्रदेश ५ माथि ७ विकेटको जित हात पार्यो। पहिले ब्याटिंग गर्दै प्रदेश ५ ले दिएको १०८ रनको लक्ष्य प्रदेश १ ले १९.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। प्रदेश १ को जितमा रोमा थापाले सर्वाधिक ६१ रन तथा अप्सरी बेगमले अविजित १८ रन जोडिन।

यसअघि पहिले ब्याटिंग गरेको प्रदेश ५ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०७ रन जोडेको थियो। प्रदेश ५ का लागि सरस्वति पुनले सर्वाधिक २८ रन तथा नितु भण्डारीले २१ रन जोडेकी थिइन्। प्रदेश १ को बलिंगतर्फ सबनम राई र निम्मा तामांगले समान २-२ विकेट हात पारेकी थिइन्।





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]