महिला क्रिकेटमा प्रदेश ३ र प्रदेश ५ बिजयी : मुख्यमन्त्री कप

  • विकेटनेपाल – ३० फाल्गुन, बिहिबार 

धनगढीमा बुधवारबाट सुरु भएको प्रथम मुख्यमन्त्रि कप खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बिहिबार प्रदेश ५ र प्रदेश ३ ले जित दर्ता गरेका छन्। प्रदेश ५ ले प्रदेश २ लाई १५ रनले पराजित गर्दा प्रदेश ३ बिरुद्ध प्रदेश ४ ले ७ विकेटको हार बेहोर्यो।

प्रदेश ५ भर्सेज प्रदेश २:

महिला क्रिकेट अन्तर्गत बिहिबार सम्पन्न खेलमा प्रदेश ५ ले प्रदेश २ माथि १५ रनको जित दर्ता गर्यो। पहिले ब्याटिंग गर्दै प्रदेश ५ ले दिएको ११६ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ ले १९.५ ओभरमा सबै विकेट गुमाएर १०० रन मात्र जोड्न सकेपछि १५ रनको हार बेहोर्न पुग्यो।

प्रदेश २ को चेजमा अनुराधा चौधरीले ३३ रन जोड्न बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न विफल रहे। प्रदेश ५ को बलिङ्गमा खेलको प्लेयर अफ दि म्याच चुनिएकी कृतिका मरासैनीले सर्वाधिक ४ विकेट ( ४-१-१६-४ ) हात पारिन।

यसअघि पहिले ब्याटिंग गरेको प्रदेश ५ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रन जोडेको थियो। उसको इनिंगमा नितु भण्डारीले सर्वाधिक ३२ रन तथा सरस्वति पुनले १८ रन जोडेकी थिइन्। प्रदेश २ को बलिङ्गमा सरस्वति चौधरी र अनुराधा चौधरीले समान २-२ विकेट हात पारेका थिए।

प्रदेश ३ भर्सेज प्रदेश ४:

सुमन खतिवडाको उत्कृस्ट अलराउण्ड प्रदर्शनमा बिहिबार प्रदेश ३ ले प्रदेश ४ बिरुद्ध ७ विकेटको जित दर्ता गर्यो। पहिले ब्याटिंग गर्दै प्रदेश ४ ले दिएको ११२ रनको लक्ष्य प्रदेश ३ ले १३.२ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।

प्रदेश ३ को जितमा कन्चन श्रेष्ठले सर्वाधिक ३५ रन जोड्न सफल रहिन्। यस्तै सुमन खतिवडाले ३१ रन तथा करुणा लामाले अविजित ६ रनको योगदान गरिन्। प्रदेश ४ को बलिङ्गमा अलिशा लामिछानेले २ तथा शिला छेत्रीले १ विकेट लिएपनि टोलीको हार टार्न विफल रहे।

यसअघि पहिलो इनिंगमा टस जितेर ब्याटिंग रोजेको प्रदेश ४ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १११ रन जोडेको थियो। उसका लागि सरु राज भण्डारीले सर्वाधिक ४७ रन तथा धना छन्त्यालले १८ रन जोडेकी थिइन्। प्रदेश ३ को बलिङ्गमा सुमन खतिवडा, कृष्णा गुरुङ, सजनी श्रेष्ठ र निरा राज उपाध्यायले समान १-१ विकेट हात पारेका थिए।

 





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]