वुमन्स टी-२० स्म्यास : नेरी र करुणाको कसिलो बलिङ, चीनले नेपाललाई दियो ४९ रनको लक्ष्य

काठमाडौँ : नेरी थापा र करुणा भण्डारीले कसिलो बलिङ गरेपछि नेपालको महिला टिमले आजदेखि थाइल्याण्ड वुमन्स टी २० स्म्यासको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ।

थाइल्याण्डको एसिया इन्स्चिट्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर नेपालले चीनलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। कप्तान रुबिनाको उक्त निर्णयलाई बलरहरुले सही सावित गरिदिए। नेपाली बलरको कसिलो बलिङसामु खुलेर खेल्न नसकेको चीनले नेपाललाई जितका लागि ४९ रनको लक्ष्य दिएको छ।

नेरीले २ र करुणाले ३ विकेट लिइन्। पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर  ४८ रन बनायो।

पहिलो ५ ओभरसम्म नेपालले विकेट लिन नसकेपनि नेरीले छैटौँ ओभरमा नेपाललाई पहिलो सफलता दिलाएकी थिइन्।

नेपालका लागि करुणाले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिइन्। यस्तै कसिलो बलिङ गरेकी नेरीले ४ ओभरमा २ ओभर मेडन राख्दै ६ रन मात्र दिएर २ विकेट लिएन्।

चीनका लागि ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाइन्। अन्यले दोहोरो अंककमा रन बनाउन सकेनन्। चिनले आफ्नो इनिंगमा मात्र ३ वटा चौका प्रहार गर्न सक्यो।

४९ रनको लक्ष्य पछ्याउन नेपाली टिम केहि बेरमा उत्रदैछ।

थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगितामा नेपाल सहित भुटान, हंगकंग, युएई, चिन, मलेसिया, थाईल्याण्ड , थाईल्याण्ड ‘ए’ , इन्डोनेसिया, म्यानमार गरि १० टोलिको सहभागिता रहनेछ। सहभागी १० टोलिलाई ५/५ टिमको २ वटा समुहमा बिभाजन गरिएको छ।

नेपाल रहेको समुह ‘ए’ मा युएई , चिन, मलेसिया र थाईल्याण्ड ‘ए’ टिम रहेका छन्। समुह ‘बि’ मा थाईल्याण्ड, हंगकंग, इन्डोनेसिया, भुटान र म्यानमार रहेका छन्। दुवै समुहमा एक अर्का बीच १/१ खेल खेलीसकेपछि समुहबाट उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

नेपालले जनवरी १२ तारिकमा चिनको सामना गर्नेछ भने १३ तारिकमा मलेसियाको, १४ तारिकमा युएईको १६ तारिकमा थाईल्याण्ड ए टिमको सामना गर्नेछ।

समुह ए : नेपाल, युएई , चिन, मलेसिया र थाईल्याण्ड ‘ए’ , समुह ‘बि’ : थाईल्याण्ड, हंगकंग, इन्डोनेसिया, भुटान र म्यानमार

जनवरी १२ – नेपाल Vs चिन – ८:१५ बजे बिहान ( नेपाली समय )
जनवरी १३ – नेपाल Vs मलेसिया – ८:१५ बजे बिहान ( नेपाली समय )
जनवरी १५ – नेपाल Vs युएई – १२:१५ बजे दिउसो ( नेपाली समय )
जनवरी १६ – नेपाल Vs थाईल्याण्ड ‘ए’ – ८:१५ बजे बिहान ( नेपाली समय )

( फिचर फोटो – फाइल )





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]