चिनको कमजोर प्रदर्शन, १६ बलमै थाईल्याण्डको जित

फिचर फोटो – फाइल तस्बिर

  • विकेटनेपाल,असोज १७ 

आईसीसी टि -२० बिश्व कप एसिया छनौट ( बि ) मलेसियामा सुरु भएको छ।

प्रतियोगिता अन्तर्गत आज बिहान सम्पन्न २ वटा खेलहरुमा मलेसिया र थाईयाण्डले बिजयी सुरुवात गरेका छन्। मलेसियाले भुटानलाई ६७ रनले तथा थाईल्याण्डले चिनलाई १० विकेटले पराजित गर्यो।

प्रतियोगितामा नेपाल सहित मलेसिया, भुटान, म्यान्मार, चिन, सिंगापुर, र थाईल्याण्ड रहेका छन्। यस उप-क्षेत्रबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन्।

चिनको कमजोर प्रदर्शन , १६ बलमै थाईल्याण्डको जित 

बायुमास ओभल मैदानमा भएको खेलमा टस जितेर ब्याटिंग रोजेको चिनले २० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर मात्र ३५ रन बनाउन सक्यो।

कुनै पनि चिनका ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउने सकेनन् भने इनिंगमा २ वटामात्र चौका प्रहार भयो। वाङ्ग याले बनाएको ८ रन ( ११ बल, १ चौका ) चिनको योगफलमा सर्वाधिक योगदान थियो।

थाईल्याण्डले ३६ रनको लक्ष्य २.४ ओभरमा भेटायो। ओपनर ड्यानियल ज्याकोबले अविजित १९ र मोहम्मद शफिकुलले अविजित १३ रन बनाए।

यस अघि बलिङ्गमा पनि ज्याकोबले ३ विकेट लिएका थिए जो खेलको प्लेयर अफ द म्याच चुनिए।

मलेसियाको सहज जित 

किनरारा ओभल मैदानमा टस हारेर ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १५४ रनको योगफल तयार गर्यो। उसको लागि सुहान अलगरत्नमले ३५ तथा शर्भिन मुनिएन्डीले ३१ रन बनाए।

भुटान बलर सन्जिभन गुरुङले सर्वाधिक ३ विकेट लिए।

१५५ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले २० ओभरमा ९ विकेट गुमाएर ८७ र मात्रै बनाउन सक्यो। ओपनर जिम्गे सिंगेले सर्वाधिक २१ रन बनाए। मलेसियन बलर

अनवर रहमानले ४ विकेट लिए जो प्लेयर अफ द म्याच समेत चुनिए ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]