सुरीले जोगाउन सकेनन् बुटवलको हार, धनगढी २० रनले बिजयी :पिपिएल टि-२०

  • विकेटनेपाल, कार्तिक १५ – बिहिबार (पोखरा)

पोखरा प्रिमियर लिग अन्तर्गत सम्पन्न छैठौं दिनको दोस्रो खेलमा धनगढी ब्लुजले बुटवल ब्लासटर्सलाई २० रनले पराजित गर्दै प्रतियोगितामा दोश्रो जित हात पारेको छ । धनगढीले दिएको १६२ रनको लक्ष्य पछ्याएको बुटवल ६ विकेट गुमाएर १४१ रनमात्र बनाउन सकेको हो।

बुटवलका लागि सुरुवातमा केहि लड़खडाएका चिराग सुरीले अविजित ७९ रन बनाउने क्रममा ५४ बलमा १२ चौका र १ छक्का प्रहार गरेपनि जित दिलाउन असफल रहे।

त्यस्तै रोहन मुस्ताफाले २० रन, सिद्धान्त लोहनी र सोमपाल कामीले समान १२ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

बुटवललाई सस्तैमा समेट्न केहि उत्कृस्ट फिल्डिंगका नमुनाहरु प्रस्तुत गरेको धनगढीले रन आउटको रुपमा ओपनरद्वय रोहन मुस्ताफा र सागर पुनको विकेट प्राप्त गर्यों। त्यस्तै सागर ढकालले २ विकेट लिँदा ड्यानियल लरेन्स र कमलसिंह ऐरीले पनि १/१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिंग गर्न उत्रिएको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६१ रनको योगफल तयार गरेको हो। उसका कप्तान दिपेन्द्र ऐरीले अविजित ५६ रन तथा डेनिएल लरेन्सले ५२ रनको योगदान गरे।

कुनै समय ३७/२ को खराब अवस्थामा रहेको धनगढीको इनिगमा दिपेन्द्र र लरेन्सले तेस्रो विकेटका लागि १०८ रनको साझेदारी गरे। अविजित ५६ रन बनाउने क्रममा ऐरीले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

Daniel Lawrence
Daniel Lawrence

यस्तै प्रतियोगिताको पहिलो अर्धशतक बनाउने क्रममा लरेन्सले ३९ बलमा ५२ रन जोडे। त्यसक्रममा उनको ब्याटबाट ३ चौका र २ छक्का नीस्कियो।

ऐरी र लरेन्स बाहेक धनगढीका लागि पिटर ट्रेगोले १४, सौरभ खनालले अविजित १३ तथा दिलिप नाथ र सुबेन्दु पाण्डेले समान १०-१० रन बनाए।

बुटवलको बलिङ्गमा बिपिन खत्रीले सर्वाधिक २ विकेट हात पारे। आफ्नो ४ ओभरको स्पेलमा बिपिनले सुबेन्दु पाण्डे र पिटर ट्रेगोलाई पभेलियन फर्काए। यस्तै रोहन मुस्तफा र अभिनास बोहोराको नाममा समान १-१ विकेट रह्यो।

Dipendra Airee (2)
Dipendra Airee (2)




थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]