युएईलाई पराजित गर्न क्रिस गेलको विस्फोटक शतक

२०७४ फाल्गुन २२, मंगलवार २१:३०

  • विकेटनेपाल, फाल्गुन २२ 

आईसीसी बिश्व-कप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले युएईलाई ६० रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। युएईले आफ्नो पहिलो खेलमा पपुवा न्यु गिनीलाई ५६ रनले पराजित गरेको थियो।

हरारेमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको वेस्ट इन्डिजले ५० ओभरमा मात्र ४ विकेट गुमाएर ३५७ रन बनायो।

ओपनर क्रिस गेलले आक्रामक ब्याटिंग गर्दै ११ छक्का र ७ चौका मदतले ९१ बलमा १२३ रन बनाए। तेश्रो नम्बरमा ब्याटिंग गरेका शिमरोन हेट्मेरले पनि सर्वाधिक रन बनाउने क्रममा १२७ रन बनाउन मात्र ९३ बलमा १४ चौका र ४ छक्का हिर्काए। पहिलो विकेटको लागि इभिन लुइस ( ३१ रन ) संग ८८ रनको साझेदारी गरेका गेलले दोश्रो विकेटको लागि हेट्मेरसंग १०३ रनको साझेदारी गरेका थिए।

शिमरोन हेट्मेरले सर्वाधिक योगदान दिए

युएई बलर अमिर हयात, रोहम मुस्तफा, इमरान हैदर र एह्मद रजाले समान १/१ विकेट हात पारे। हायतले १ विकेट लिन सबैभन्दा महँगो १० ओभरमा ८० रन खर्चिएका थिए।

युएईको ब्याटिंग 

३५८ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा युएईले ५० ओभर ब्याटिंग गरेपनि ६ विकेट गुमाएर २९७ रन मात्र बनाउन सक्यो। रमिज शह्जादले अविजित शतकीय योगदान दिंदा ९ चौका र ४ छक्का प्रहार गर्न १०७ बल खेले। यस्तै शैमन अनवरले ६४ तथा अद्नान मुफ्तीले ४५ रन योगदान दिए।

युएईलाई जितसम्म पुग्न नदिन वेस्ट इन्डिज बलर जेसन होल्डर एक्लैले ५ विकेट हात पारे जुन क्रममा १० ओभरमा १ मेडन ओभर सहित ५३ रन खर्चिए। खेलको प्लेयर अफ द म्याच शिमरोन हेट्मेर घोषित भए।

यो पनि पढ्नुस – सनसनीपूर्ण खेलमा जिम्बाबेसंग २ रनले हार्यो अफगानिस्तान

( फोटो – आईसीसी )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy