‘अब छिटै क्रिकेट मैदान फर्किन्छु’ सन्दीप

बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन् । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।

सन्दीप लामिछाने माथिको निलम्बनबारे नेपाल क्रिकेट संघ ( क्यान ) ले छलफल गर्दै छ । सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा फर्काउन मिल्ने वा नमिल्ने विषयमा क्यानले कानुन व्यवसायीसँग छलफल गर्ने भएको हो।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार यो विषयमा क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग पनि सुझाव माग्ने र त्यसपछि मात्र निर्णय गर्ने जानकारी दिए ।

पत्रकारसंग कुरा गर्दे सन्दीपले अब छिटै नै क्रिकेट मैदान फर्किने बताएका छन् । उनले भने ‘छिटै क्रिकेट मैदान फर्किन्छु। एकदमै राम्रोसँग फर्कन्छु।’

“यो आदेशलाई सम्मान गर्नेछु। जित हार भन्दा पनि कानुनको तर्फ बाट जे आउंछ त्यसलाई सम्मान गरेर अघि बढ्नेछु। अहिलेको लागि म परिवार भन्दा अरु केहि सोच्न सकिरहेको छैन। केहि समय मलाई मेरो परिवार साथमा चाहिन्छ। तपाईहरुको अपार मायाको लागि धन्यवाद। अहिले म धेरै प्रतिक्रिया दिने हालतमा छैन। समय संगै सबै कुराहरु सबैको अगाडीनै आउनेछ।” सन्दिपले बताए।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy