मेयर कप तीन दिवसीय : चितवन बलियो

चितवनमा जारी प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगितामा पाहुना टोली मकवानपुर २२५ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरिरहेको छ ।

दोस्रो दिनको समाप्तीमा मकवानपुर ५ विकेटको क्षतिमा ६० रन बनाएको छ । भोलि अन्तिम दिन जितका लागि मकवानपुरलाई १६५ रनको आवश्यकता छ भने उसको साथमा ५ विकेट रहेको छ । क्रिजमा आकाश घिमिरे ९ र सूर्वण भट्ट ५ रनमा अविजित छन् ।

चितवनका गौतम केसीले ७ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिएका छन् भने कृजन गुरुङले ४ ओभरमा १३ रन खर्चिएर २ विकेट लिए ।

पहिलो इनिङमा मकवानपुर १३८ रनमा अलआउट भयो । उसका लागि रामनरेश गिरीले ३१ र गौरव खड्काले २९ रन बनाए । पहिलो इनिङमा चितवनका लागि कृजन गुरुङले १४ ओभरमा २८ रन खर्चिएर ५ विकेट लिए भने गौतम केसीले १०.४ ओभरमा २ विकेट लिए ।

३८ रनले लिड गरेको चितवनले दोस्रो इनिङमा १८६ रनमा अलआउट भयो । चितवनका लागि प्रतिक श्रेष्ठले ८३ र विकल गुप्ताले ३७ रन बनाए । मकवानपुरका रामनरेश गिरीले ३२ रन खर्चिदै ६ विकेट लिए भने पियुश शर्माले १४ ओभरमा ४२ रन खर्चिदै २ विकेट लिए । पहिलो इनिङमा गिरीले ५ विकेट लिएका थिए । नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रा.लि.को आयोजनामा जारी प्रतियोगिता भोलि (शनिबार) सम्म चल्नेछ । त्यसलगत्तै भरतपुर मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु हुनेछ ।

प्रतियोगितालाई भरतपुर महानगरपालिकाले प्रवद्र्धन गरेको छ भने चितवन जिल्ला क्रिकेट संघले सहयोगी भूमिका निर्वाह गरेको छ ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]