EPL T20 : चितवनको चौथों विदेशी खेलाडी घोषणा, श्रीलंकन स्पिनर अनुबन्धित

एभरेस्ट प्रिमीयर लिग चितवन टाइगर्सले टिमको चौथो विदेशी खेलाडीको रुपमा श्रीलंकन स्पिनर लेग स्पिन अलराउण्डर सेक्कुगे प्रशन्नालाई अनुबन्ध गरेको छ।

चितवनले यस अघि मलेसियाका भिरनदिप सिंह, अफगानिस्तानका मोहम्मद शाहजाद र पाकिस्तानका डानिश अजिजलाईलाई अनुबन्ध गरिसकेको छ। ईपीएलमा सहभागी टोलिले अन्तिम-एघारमा अनिवार्य तिन जना विदेशी खेलाडी समाबेश गर्नुपर्ने नियम रहेको छ।

सटिक लेग स्पिनर सेकुगेसँग श्रीलंकाबाट १ टेस्ट, ४० एकदिवसीय अन्तर्राष्ट्रिय र २० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ । ट्वान्टी–२० का मान्यता प्राप्त सबै गरेर १७० खेलमा उनले १३५ विकेट लिदा प्रतिओभर ७ रनको हिसाबमा मात्र रन खर्चेका छन् । उपयोगी ब्याट्सम्यान पनि रहेका ३६ वर्षे उनले १३८ छक्का र १०७ चौका प्रहार गरिसकेका छन् । सिमित ओभरको खेलमा उनी लामो समयसम्म श्रीलंकाको मुख्य स्पिनरको रुपमा रहे । उनी राम्रो गुगली फाल्न माहिर छन्।

सेकुगेले सन् २०११ मा अस्ट्रेलियाविरुद्ध कोलम्बोमा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय ‘डेब्यु’ खेलमा ३२ रन खर्चेर ३ विकेट लिएका थिए । त्यसको तीन साता अघि उनले आफ्नो एकमात्र टेस्ट अस्ट्रेलियाविरुद्ध नै खेलेका थिए । उनले २०१६ मा आयरल्यान्डविरुद्ध ४६ बलमा ९५ रन बनाएर सनथ जयसुर्याले श्रीलंकाको नाममा राखेको फास्टेस्ट एकदिवसीय अन्तर्राष्ट्रिय शतकको नजिक पुगेका थिए । उनले २३ बलमा बनाएको अर्धशतक श्रीलंकाको एकदिवसीय अन्तर्राष्ट्रियमा पाँचौं छिटो अर्धशतक पनि हो ।

उनले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग इंग्ल्यान्डको काउन्टी टोलीबाट ट्वान्टी २० ब्लास्ट खेलेका छन् ।

‘सेकुगे प्रसन्न प्रशस्त क्षमता भएका खेलाडी हुन् । उनको ब्याटिङ र बलिङ दुबैले खेलको नक्शा परिवर्तन गर्न सक्छ । उनी म्याच विजयी खेलाडी हुन् । विश्वभरी खेलेको उनको अनुभवले चितवन टाइगर्सलाई उपाधिको रुपमा अझ बलियो प्रत्यासी बनाएको छ । उनको आगमनले हाम्रो टोली अझ बलियो हुनेछ । नेपालको प्रमुख खेलकुद प्रतियोगितामा उनको क्षमतालाई हेर्न हामी प्रतिक्षा गरिरहेका छौं,’ चितवन टाइगर्सका मालिक किशोर भट्टराईले विज्ञप्तीमा भनेका छन्।

सोमपाल कामि कप्तानीको चितवन टाइगर्समा नेपाली खेलाडीहरु शाहब आलम, दिलिप नाथ, कमल सिंह ऐरी, भिम शार्की, सागर ढकाल, सन्दिप सुनार, इशान पाण्डे, आदील खान, खडक बोहरा रहेका छन्।

गत सिजन चितवन ५ खेलमा २ जित र ३ हार पछि लिग अंकतालिकाको चौथो स्थानमा रहँदै प्लेअफ पुगेको थियो। इलिमीनेटरमा चितवनलै भैरहवा ग्ल्याडीएटर्सले ४ विकेटले पराजित गरेको थियो।

ईपीएलको चौथो संस्करण असोज ९ गते देखि ( सेप्टेम्बर २५ तारिख ) सुरु हुँदैछ। लिगमा ललितपुर पेट्रिएट्स सहित बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीएटर्स, चितवन टाइगर्स, पोखरा राइनोज र काठमाडौँ किंग्स -११ गरि ६ वटा टोलि सहभागी रहेका छन्।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]