चितवनमा फागुन ११ गतेबाट इष्टर्न क्रिकेट एकेडेमी (इसीए) लिग क्रिकेट प्रतियोगिता हुने

चितवन – चितवनमा फागुन ११ गतेबाट इष्टर्न क्रिकेट एकेडेमी (इसीए) लिग टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

२०७७ सालबाट स्थापना भएर १ सय बढी खेलाडीलाई प्रशिक्षण दिइरहेका इष्टर्न क्रिकेट एकेडेमी (इसीए) ले फागनु ११ गतेदेखि २२ गतेसम्म खैरहनी नगरपालिका ५ को गौचरन मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आयोजकले आज चितवनमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ ।

‘खेलाडीहरुले नियमित गर्ने अभ्यास र प्रशिक्षणले मात्रै उनीहरुको करियर अघि बढ्न सक्दैन,’ आयोजकले विज्ञप्ती मार्फत भनेको छ, ‘करियर अघि बढाउन निरन्तरको अभ्यास र प्रशिक्षणसँगै उनीहरुलाई म्याच एक्सोपोजरको पनि आवश्यकता हुन्छ । त्यसैले चितवन, नवलपुर, मकवानपुर लगायत आसपासका जिल्लाहरुमा रहेका खेलाडीहरुलाई यस खेलसँग आबद्ध बनाइराख्न र क्रिकेटमा भविष्य खोज्ने युवा खेलाडीहरुलाई प्रत्सोहित गर्न हामीले इष्टर्न क्रिकेट एकेडेमी (इसीए) लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएका छौं ।’

प्रतियोगितामा बिएम ब्लास्टर, टाँडी टाइटन्स, सौराहा स्याण्डर, नेप्लीज क्यानेडियन क्रिकेट क्लब, हानामी वारियर्स र भरतपुर इलेभेन गरी कुल ६ टोलीको सहभागीता रहेन आयोजकले जनाइको छ । प्रत्येक टोलीले २ जनासम्म राष्ट्रिय खेलाडी वा जिल्ला बाहिरका खेलाडीहरु आफ्नो टिममा समावेश गर्न सक्नेछन् ।

सिंगल राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताको विजेतालाई नगद ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्लेयर अफ द सिरिजलाई नगद १० हजार, बेष्ट बलर र वेष्ट ब्याट्सम्यानलाई जनही ५/५ हजार र इमर्जिङ प्लेयरलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने छ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy