पाँचौ जित सहित चितवन सोझै फाइनलमा, काठमाडौँको प्लेअफ फैसला भोलिको खेलले गर्ने ( अंकतालिका सहित )

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत मंगलबारको एक मात्र खेलमा खेलमा चितवन राइनोजले काठमाडौँ गोल्डेन वारियर्सलाई ६० रनले पराजित गरेको छ।

यो संगै लिग चरणको सबै ५ खेल जित्दै अंकतालिकाको शिर्ष स्थानमा रहँदै पारस खड्का कप्तानीको चितवन फाइनल प्रवेश गरेको छ। चितवन गत सिजन पनि फाइनलिस्ट टिम हो जसलाई पोखरा पल्टनले पराजित गर्दै उपाधि जितेको थियो। हारपछि पनि काठमाडौँ गोल्डेन वारियार्स ५ खेलमा २ जित र ३ हारको साथ अंकतालिकामा तेश्रो स्थानमा रहेको छ। बुटवल ब्लास्टर्स यस अघिनै ४ खेलमा ३ जित हात पार्दै इलिमीनेटरको लागि छनौट भैसकेको छ।

अब काठमाण्डौ इलिमीनेटरमा छनौट हुनेछ या छैन बुटवल ब्लास्टर्स र बिराटनगर टाईटन्स बीचको भोलि हुने लिगको अन्तिम खेलले गर्नेछ। यदी बिराटनगरले बुटवललाई पराजित गरेको खण्डमा काठमाडौँ र बिराटनगर मध्ये नेट रन रेटमा उत्कृस्ट हुने टिम बुटवलसंग इलिमीनेटरमा खेल्नको लागि छनौट हुनेछ। काठमाडौँको नेट रनरेट ०.३९ रहेको छ भने बिराटनगरको ०.१७५ रहेको छ।

काठमाडौँको कमजोर प्रदर्शन 

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवन राइनोजले टस हारेर पहिले ब्याटिंग गर्दै दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ गोल्डेन वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा काठमाडौँको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४० रन बनाए। उनले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। पवन सर्राफले २७, पृथु बास्कोटाले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओपनर जयकिशन कोल्सावाला र अमित श्रेष्ठ खाता नखोली आउट भए पछि काठमाडौँ खेलमा फर्कन सकेन। गौरभ तोमर पनि ६ रन बनाएर आउट भएपछि चितवन ४ ओभरमा १८/३ को अवस्थामा पुगेको थियो। त्यसपछि चौथो विकेटको लागि पवन सर्राफ र ज्ञानेन्द्र मल्लले ४४ रनको साझेदारी गर्नु बाहेक खेलमा ठुलो साझेदारी हुन सकेन।

Sunny Patel

चितवनको बलिंगमा लेग स्पिनर सन्नी पटेलले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै १९ रन मात्र खर्चिए। यस क्रममा पटेलले अमित श्रेष्ठ, गौरभ तोमर र अमर सिंह रौटेलाको विकेट लिए। यस्तै रोहन मुस्तफाले १२ रन खर्चेर २ विकेट लिए। करन केसी, भुवन कार्की, रामनरेश गिरि र पारस खड्काले समान १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६७ रन बनाएको  थियो।

चितवनको लागि ओपनिंग गर्न आएका करन केसी १ रन बनाएर दोश्रो ओभरमा सुशन भारिबाट क्याच आउट भएपछि दोश्रो विकेटको लागि अर्का ओपनर रोहन मुस्तफाले तेश्रो नम्बरका बाबर हायातसंग शतकीय साझेदारी गरेका थिए।

१६ औं ओभरमा बसन्त रेग्मीले बाबरलाई बोल्ड गर्दै ११९ रनको साझेदारी तोडे। बाबरले ४७ बलमा ३ चौका र ६ छक्का मदतले ७० रन बनाए। बाबरको विकेट पछि रोहनले आरिफ शेखसंग २९ रनको साझेदारी गरे। आरिफ १९ औं ओभरमा अमर सिंह रौटेलाको बलमा क्याच आउट भए जसले ९ बलमा १ छक्का मदतले १५ रन बनाए।

Rohan Mustafa

आरिफको विकेट पछि पनि रोहन मुस्तफाले अन्तिम सम्म ब्याटिंग गरे जुन क्रममा अविजित रहँदै ५९ रन बनाए। मुस्तफाले ५२ बलमा ६ चौका र १ छक्का प्रहार गरे। अन्तिम बलमा रन आउट हुनु अघि सन्नी पटेलले ८ बलमा १ चौका र १ छक्का मद्दतले १५ रन बनाए।

काठमाडौँको बलिंगमा सुशन भारि ( ३-१-१७-१ ) , बसन्त रेग्मी ( ४-०-३७-१ ) र अमर सिंह रौटेला ( ४-०-३२-१ ) ले समान १/१ विकेट लिए।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]