EPL : चितवनको लगातार चौंथो जित, पहिलो क्वालीफायर खेल्ने पक्का

ललितपुर पेट्रिएट्सलाई पराजित गर्दै एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टीमा चितवन टाइगर्सले लगातार चौंथो जित दर्ता गरेको छ।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सम्पन्न खेलमा ललितपुर पेट्रिएट्सले दिएको १०९ रनको लक्ष्य चितवन टाइगर्सले १७.२ ओभरमा ५ विकेट गुमाएर भेटायो।

चितवनको ब्याटिंगमा मोहम्मद शहजादले सर्वाधिक ३५ रन, भिम शार्कीले २७ रन, दिलिप नाथले १६ रन, भिरनदिप सिंहले १३ रन तथा राजेश पुलामीले अविजित ६ रन बनाए। ललितपुरको बलिंगमा अज्मतुल्लाह ओमरजाई ( ४-०-२६-२ ) र रिजन ढकालले ( २-०-११-२ ) ले समान २ विकेट तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १०८ रन बनाएको थियो। ललितपुरको लागि जयकिशन कोल्सवालाले सर्वाधिक ४२ रन, सन्दुन विराक्कोडीले १४, सुर्य त्मंगले अविजित ११ तथा ललित राजबंशीले अविजित ९ रन बनाए। सुरुवाती ४ विकेट २८ रनमा गुमाएपछि कोल्सवालाले एक किनार सम्हालेता पनि अर्को किनारमा ललितपुरले लगातार विकेट गुमाउन पुगेको थियो।

चितवनको बलिंगमा प्लेयर अफ द म्याच चुनिएका दायाँ हाते पेसर कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट  लिए जुन क्रममा ४ ओभर बलिंग गर्दै १ मेडन ओभर गर्दै ११ रन मात्र खर्चिए। यस्तै करिम जनत ( ४-०-२४-२ ) र सागर ढकालले ( ४-०-१४-२ ) ले समान २ विकेट तथा शाहब आलमले १ विकेट लिए।

लगातार चौंथो जितपछि चितवन टाइगर्स लिग अंकतालिकामा ८ अंक सहित शिर्ष स्थानमा रहेको छ। चितवनले शिर्ष-२ स्थानमा रहँदै पहिलो क्वालीफायर खेल्ने पक्का भएको छ। हार पछि ५ खेलमा मात्र १ जित हात परेको ललितपुर ३ अंक सहित चौंथो स्थानमा छ। ललितपुर प्लेअफ पुग्न अब पाँचौ स्थानमा रहेको काठमाडौँ किंग्स-११ ले सबै खेलमा हार्नुपर्नेछ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]