चितवन र ललितपुर फाइनलमा

चितवन र ललितपुर अन्डर-१९ बागमती प्रदेश छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। फाइनल खेल बिहिबार मुलपानी क्रिकेट मैदानमा खेलिनेछ।

बुधबार सम्पन्न सेमीफाइनलमा चितवनले नुवाकोटलाई १७ रनले तथा ललितपुरले भक्तपुरलाई ५ विकेट पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो।

मुलपानी क्रिकेट मैदान ( १ ) मा सम्पन्न पहिलो सेमीफाइनलमा चितवनले दिएको २३५ रनको लक्ष्य पछ्याएको नुवाकोटले पुरै ४० ओभर ब्याटिंग गर्दै ६ विकेट क्षेतीमा २१७ रन मात्र बनाउन सक्यो। नुवाकोट ब्याट्सम्यान अशोक पौडेलले अविजित ८२ रन, आयुष बस्नेतले ४७ तथा अमृत थापाले २८ रन बनाएता पनि जितको लागि पर्याप्त भएन। चितवनका बलर प्रशान्त महतले ३ विकेट तथा गौतम केसी र प्रतिक श्रेष्ठले समान १ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको चितवनले ४० ओभरमा ९ विकेट क्षेतीमा २३४ रन बनाएको थियो। उसको लागि सुजन चापागाईले सर्वाधिक ५६ रन, प्रशान्त महतले ३१, क्रिजन गुरुङले २४ रन , सुर्याँशु कोइरालाले २२ रन तथा विशाल यादवले १६ रन योगदान दिए। नुवाकोटका बलर आयुष बस्नेतले ३ विकेट , हैदर अलि र रोहण बिश्वकर्माले समान २ विकेट तथा अमृत थापाले १ विकेट लिए।

Ashok Poudel

मुलपानी क्रिकेट मैदान ( २ ) मा सम्पन्न दोश्रो सेमीफाइनलमा भक्तपुरले दिएको १३० रनको लक्ष्य ललितपुरले ३७.१ ओभरमा ५ विकेट क्षेतीमा भेटायो। ललितपुरको लागि फरिद खानले सर्वाधिक ५९ रन, बिबेक राना मगर र निराकार राईले समान १६ रन योगदान दिए। भक्तपुरका बलर सक्रिय राज कार्कीले २ तथा सुबाश खत्री, सन्जिब मानन्धर र कृष कार्कीले समान १ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको भक्तपुरले ४० ओभरमा ८ विकेट क्षेतीमा १२९ रन बनाएको थियो। उसको लागि सुबाश खत्रीले सर्वाधिक ३३ रन, प्रशान्त पण्डितले २२ रन तथा सक्रिय राज कार्कीले २० रन बनाए। ललितपुरका बलर सौरभ श्रेष्ठले ३ विकेट, पर्भेज खानले २ विकेट तथा युनेश थापा, अथर्भ पौडेल र बिबेक राना मगरले समान १ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy