चितवन र ललितपुर फाइनलमा

चितवन र ललितपुर अन्डर-१९ बागमती प्रदेश छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। फाइनल खेल बिहिबार मुलपानी क्रिकेट मैदानमा खेलिनेछ।

बुधबार सम्पन्न सेमीफाइनलमा चितवनले नुवाकोटलाई १७ रनले तथा ललितपुरले भक्तपुरलाई ५ विकेट पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो।

मुलपानी क्रिकेट मैदान ( १ ) मा सम्पन्न पहिलो सेमीफाइनलमा चितवनले दिएको २३५ रनको लक्ष्य पछ्याएको नुवाकोटले पुरै ४० ओभर ब्याटिंग गर्दै ६ विकेट क्षेतीमा २१७ रन मात्र बनाउन सक्यो। नुवाकोट ब्याट्सम्यान अशोक पौडेलले अविजित ८२ रन, आयुष बस्नेतले ४७ तथा अमृत थापाले २८ रन बनाएता पनि जितको लागि पर्याप्त भएन। चितवनका बलर प्रशान्त महतले ३ विकेट तथा गौतम केसी र प्रतिक श्रेष्ठले समान १ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको चितवनले ४० ओभरमा ९ विकेट क्षेतीमा २३४ रन बनाएको थियो। उसको लागि सुजन चापागाईले सर्वाधिक ५६ रन, प्रशान्त महतले ३१, क्रिजन गुरुङले २४ रन , सुर्याँशु कोइरालाले २२ रन तथा विशाल यादवले १६ रन योगदान दिए। नुवाकोटका बलर आयुष बस्नेतले ३ विकेट , हैदर अलि र रोहण बिश्वकर्माले समान २ विकेट तथा अमृत थापाले १ विकेट लिए।

Ashok Poudel

मुलपानी क्रिकेट मैदान ( २ ) मा सम्पन्न दोश्रो सेमीफाइनलमा भक्तपुरले दिएको १३० रनको लक्ष्य ललितपुरले ३७.१ ओभरमा ५ विकेट क्षेतीमा भेटायो। ललितपुरको लागि फरिद खानले सर्वाधिक ५९ रन, बिबेक राना मगर र निराकार राईले समान १६ रन योगदान दिए। भक्तपुरका बलर सक्रिय राज कार्कीले २ तथा सुबाश खत्री, सन्जिब मानन्धर र कृष कार्कीले समान १ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको भक्तपुरले ४० ओभरमा ८ विकेट क्षेतीमा १२९ रन बनाएको थियो। उसको लागि सुबाश खत्रीले सर्वाधिक ३३ रन, प्रशान्त पण्डितले २२ रन तथा सक्रिय राज कार्कीले २० रन बनाए। ललितपुरका बलर सौरभ श्रेष्ठले ३ विकेट, पर्भेज खानले २ विकेट तथा युनेश थापा, अथर्भ पौडेल र बिबेक राना मगरले समान १ विकेट लिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]