प्लेअफ समीकरण पुरा, चितवन अपराजित रहँदै फाइनलमा

चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिग अन्तर्गत बिराटनगर टाइटन्सलाई ५३ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ । यो संगै लिग चरणमा अपराजित रहँदै चितवन फाइनलमा प्रवेश गरेको हो ।

लिग चरणमा एक/एक खेल अगावै शतप्रतिशत हारको नतिजा सहित ललितपुर फ़ाल्कोन्स र पोखरा पल्टन बाहिरिएपछि चितवन, क्याट क्विन्स काठमान्डौ र बिराटनगर टाइटन्स प्ले अफमा प्रवेश गरेका हुन् । ४ खेलमा ३ जित र १ हारसहित क्याट क्विन्स काठमान्डौ दोश्रो र २ जित तथा २ हार सहित बिराटनगर टाइटन्स तेस्रो स्थानमा रहेका हुन् । अब मंगलबार हुने इलिमिनेटरमा काठमान्डौले बिराटनगरको सामना गर्नेछ ।

इमिलिनेटरको बिजेताले बिहिबार हुने फाइनलमा चितवनको सामना गर्नेछ ।

किर्तिपुर मैदानमा सम्पन्न खेलमा चितवनले पहिले ब्याटिंग गर्दै ८ विकेट गुमाएर १२२ रन बनाएको थियो । उसका ओपनर कन्चन श्रेष्ठ र काजोल श्रेष्ठले १३ ओभरमा ६९ रनको साझेदारी गरेका थिए । काजोलले ४६ बलमा ३६ रन र कन्चनले ४१ बलमा ३४ रन बनाए । १७ रन अतिरिक्त पाएको चितवनको कप्तान इन्दु बर्माले अविजित १७ रन बनाइन । बिराटनगरकी सबनम राइले २ विकेट हात पारिन् ।

जवाफमा लक्ष्य पछ्याएको बिराटनगरले १७।५ ओभरमा ६९ रन मात्र बनाउन सक्यो । उसका लागि ज्योति पाण्डे र डोली भट्टले समान २१/२१ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

बिराटनगरलाई सस्तैमा समेट्न चितवनकी कविता गौतमले ३ ओभरमा मात्र ५ रन खर्चेर ३ विकेट लिइन् । त्यस्तै सुमन खतिवडाले २ तथा सन्तोषी चौधरी, रेखा रावल र ऋतु कनौजियाले १/१ विकेट लिए ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]