चितवनको ट्यालेन्ट हन्टबाट ३५ खेलाडी छनोट

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले ट्यालेन्ट हन्टबाट दोस्रो चरणमा ३५ छनोट (सर्टलिस्टमा) गरेको छ।

राइनोजले चितवन मेडिकल कलेज (सीएमसी), कैलाशनगर भरतपुरमा आयोजना गरेको ट्यालेन्ट हन्टमा ४६० खेलाडी दर्ता भएका थिए। तीमध्ये ३५ जनाको नाम ट्यालेन्ट हन्टमा छनोट गरिएको हो । अन्तिम छनोट आइतबार गौतम बुद्ध नमुना मैदानमा हुनेछ।

दोस्रो चरणको छनोटपछि अन्तिम नाम सोही दिन टुंगो लाग्नेछ, सो नाम चितवन राइनोजले सोमबार चितवनमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गर्नेछ। चितवन राइनोजका बलिङ प्रशिक्षक कलाम अली, अनुभवी ब्याट्सम्यान शरद भेस्वाकर र प्राविधिक विश्लेषक राजन शाहले पहिलो चरणको ट्यालेन्ट हन्टको संयोजन गरेका थिए।

कार्यक्रममा सीएमसीका अध्यक्ष डा.हरिशचन्द्र न्यौपाने, सीएमसीका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा, महानगरीय क्रिकेटका अध्यक्ष मनिष सापकोटा, वाग्मती प्रदेशका उपाध्यक्ष प्रेम क्षेत्री, क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पिया, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान राजू खड्का र वाग्मती क्रिकेट संघका अनिल अधिकारीलगायतको उपस्थिति थियो।

सर्टलिस्टमा परेका खेलाडीको नाम

रोबिन शर्मा, जितेन्द्र सहनी, सन्दीप राजली, सुनिल चन्द, निकेश गुरुङ, आशिष खरेल, शिवान्श बजगाईं, सुर्यान्श कोइराला, रिजन काफ्ले, अकिब अन्सारी, राजेश कुमार, गोविन्द बिके, राहुल हक अन्सारी, राकेश कामत, विशाल खत्री, स्वीकार श्रेष्ठ, सौगात ढकाल, सोनु देवकोटा, अमोल कार्की, बिधान न्यौपाने, अश्विन थापा, डेनिस इकबाल, मनिष पुन, कृजन गुरुङ, सुवास खत्री, रविनकुमार शर्मा, सेरा जहवारी, नरेश प्रधान, योगराज शर्मा, सोनु शर्मा, सोनु कुशवाह, सलाहुद्दीन खान, विशाल यादव, समीर चौलागाई, रोशन





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]