इंग्ल्याण्ड यु-१९ टोलीका पुर्व कप्तान चितवन टाइगर्सबाट इपिएल खेल्ने

  • विकेटनेपाल – ११ भदौ, सोमबार

यस बर्षको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटका लागि चितवन टाइगर्सले आफ्ना दुई बिदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ। यो संगै चितवन बिदेशी खेलाडीको घोषणा गर्ने काठमाण्डौ किंग्स एघार पछि दोस्रो टोलि बनेको छ।

सामाजिक संजाल फेसबुक पेज मार्फत चितवनले इंग्ल्याण्ड र न्युजील्याण्डका दुई खेलाडीलाई आफ्नो टोलीको हिस्सा बनाएको जानकारी गराएको छ। इंग्ल्याण्डका अन्डर १९ टोलीका कप्तान म्याक्स होल्डेन र घरेलु काउन्टी टोलि मिडलसेक्सका खेलाडी जेम्स फुलर चितवनको टोलीबाट नेपाली घरेलु टि-२० लिग खेल्ने भएका हुन्। यसअघि प्रतियोगिताको अर्को टोलि काठमाण्डौ किंग्स एघारले आयरल्याण्डका केभिन ओ ब्रायन तथा संयुक्त अरब एमिरेट्सका रोहन मुस्तफालाई आफ्नो बिदेशी खेलाडीको रुपमा घोषणा गरेको थियो।

James Fuller
James Fuller

म्याक्स होल्डेनले इंग्ल्याण्डको अन्डर १९ टोलीको कप्तानी गरिसकेका छन् भने हाल काउन्टी क्रिकेटमा मिडलसेक्सबाट खेल्नेगर्दछन्। माथिल्लो क्रमका बायाँ हाते ब्याट्सम्यान होल्डेनले टि-२० करियरमा ६ खेल खेल्दै १३७.३९ को स्ट्राइक रेटमा १६९ रन बनाएका छन्। होल्डेनसंग इंग्ल्याण्डको प्रथम श्रेणी क्रिकेटको भने धेरै अनुभव रहेको छ। आफुले खेलेका २० प्रथम श्रेणी खेलमा होल्डेनले ३५.४२ को औसतमा ११६९ रन जोडेका छन्।

Max Holden
Max Holden

यस्तै चितवन टाइगर्सका अर्का बिदेशी खेलाडी जेम्स फुलर समेत इंग्ल्याण्डको घरेलु क्रिकेटमा चलेका खेलाडी हुन्। दक्षिण अफ्रिकामा जन्मिएका फुलरले न्युजील्याण्डका लागि अन्डर-१९ क्रिकेट खेलेपनि आफ्नो घरेलु क्रिकेटभने इंग्ल्याण्डमा खेल्ने गर्छन्। दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते तिब्र गतिका बलर फुलरले काउन्टी क्रिकेटमा मिडलसेक्सको टोलीबाट ७६ टि-२० खेल खेल्दै १४९.०४ को आक्रामक स्ट्राइक रेटमा ५४७ रन जोडेका छन्। यस्तै उनको नाममा ९४ टि-२० विकेट समेत रहेको छ।

अन्तिम सिजनको एभरेष्ट प्रिमियर लिगमा भारतीय खेलाडीहरु साभेज खान, प्रविन गुप्ता र प्रमेश कुमारलाई बिदेशी खेलाडीको रुपमा लिएको चितवनले खराब प्रदर्शन गर्दै ५ खेलमा १ मात्र जित निकाल्न सकेको थियो। सो सिजनमा अंक तालिकाको पुछारमा अन्त्य गरेको टोलि यस पटकभने सुधारिएको प्रदर्शन गर्नका निम्ति केहि नाम चलेका बिदेशी खेलाडीलाई टोलीमा भित्र्याउने दाउमा छ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]