चितवनलाई बागमती प्रदेश यु-१९ छनोटको उपाधि, प्रतिक श्रेष्ठ प्रतियोगिताकै उत्कृस्ट

ललितपुरलाई ४८ रनले पराजित गर्दै चितवनले बागमती प्रदेश अन्डर-१९ छनोट प्रतियोगिता जितेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले दिएको २१७ रनको लक्ष्य पछ्याउने क्रममा ललितपुरले ३६.३ ओभरमा सबै विकेट गुमेर १६८ रन मात्र बनाउन सक्यो।

ललितपुरका बिबेक राना मगरले ६७, फरिद खानले ३७ तथा तिलक राज भण्डारीले २६ रन बनाएता पनि जितको लागि पर्याप्त रहेन। चितवनका बलर आर्जित भण्डारीले सर्वाधिक ३ विकेट ( २.३-०-११-३ ) लिए भने प्रशान्त महत ( ८-०-२५-२ ) र विशाल यादवले ( ७-२-१३-२ ) समान दुई विकेट लिए। गौतम केसी र प्रतिक श्रेष्ठले समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको चितवनले ३८.५ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो। चितवनका ओपनर सुर्याँशु कोइरालाले सर्वाधिक ६८ रन बनाए। स्वप्निल सिंह अधिकारीले ४०, आर्जित भण्डारीले २३, प्रशान्त महतले २० तथा प्रतिक श्रेष्ठले १७ रन बनाए। ललितपुरका बलर पर्भेज खानले ४ विकेट ( ७.५-१-३६-४ ) लिए भने सौरभ श्रेष्ठले ( ५-१-२५-२ ) २ विकेट लिए। यौनेश थापा, तिलक राज भण्डारीर दुर्गेश थापाले समान १ विकेट लिए।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी चितवनका प्रतिक श्रेष्ठ घोषित भए। प्रतियोगिताकै उत्कृस्ट ब्याट्सम्यान चितवनकै सुर्यांशु कोइराला तथा उत्कृस्ट बलर भक्तपुरका सक्रिय राज कार्की घोषित भए। सुर्यांशु कोइराला उदयमान खेलाडी समेत घोषित भए।

चितवनले सेमीफाइनलमा नुवाकोटलाई तथा ललितपुरले भक्तपुरलाई पराजित गर्दै फाइनल पुगेको थियो।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy