स्टरलिङ्ग र ऐरिको इनिंगले चितवनले बनायो १६०, आईपीएल खेलेका साहुको राम्रो बलिङ्ग

Dipendra Airee

एभरेस्ट प्रिमियर लिग इपिएल टि-२० अन्तर्गत तेश्रो दिनको पहिलो खेलमा टस हारेर पहिले ब्याटिंग गरेको चितवन टाइगर्सले काठमाडौँ किंग्स-११ लाई १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिंग गरेको चितवन टाइगर्सलाई आयरल्याण्ड राष्ट्रिय क्रिकेटर समेत रहेका पल स्टरलिङ्ग र सन्दिप सुनारले विस्फोटक सुरुवात दिलाए।

मात्र १३ बलमा ३ छक्का र ३ चौका मदतले ३४ रन बनाएका स्टरलिङ्ग ४.१ ओभरमा प्रदिप साहुको बलमा आउट हुनु अघि टाइगर्सले ५३ रन बनाईसकेको थियो। स्टरलिङ्गको विकेट पछि भने सुस्ताएको टाइगर्सले त्यसपछि अर्का ओपनर सन्दिपलाई पनि २५ रन ( १९ बल , ५ चौका ) गुमाउन पुग्यो। सन्दिपलाई सागरले क्याच आउट गराए।

Prithu Baskota
Prithu Baskota

दुवै ओपनर आउट भएपछि लगत्तै जोन सिम्प्सनलाई खाता नखोल्दै लेग स्पिनर साहुले कट एण्ड बोल्ड गरे। तेश्रो विकेट गुमेपछि दिपेन्द्र ऐरि र जर्ज स्कटले चौथो विकेटको लागि ४० रनको साझेदारी गरे। १५ रन बनाएका स्कट १३ औं ओभरको पहिलो बलमा केभिन ब्रायनको बलमा बोल्ड भए।

त्यस पछि लगातार विकेट गुमाएको चितवनको लागि दिपेन्द्र ऐरि प्रदिप साहुको बलमा ४५ रन ( ४० बल, ५ चौका ) बनाएर आउट भए। कप्तान पृथु बास्कोटा २० रन बनाएर अविजित रहे जसले २० बलमा २ चौका हिर्काए।

भिम शार्की ( ७ ) , कमल ऐरि ( १ ) , ललित भण्डारी ( १ ) , शाहब आलम ( ० ) र सागर ढकाल ( १ ) ले योगफलमा खास योगदान दिन सकेनन्।

काठमाडौँको लागि आइपीएल खेलीसकेका खेलाडी प्रदिप साहु र सम्शाद शेखले समान ३/३ विकेट लिए। साहुले ४ ओभरमा २४ रन खर्चिए भने शेखले २.५ ओभरमा १८ रन खर्चिए। यस्तै सागर पुन ( २-०-२८-१ ) , केभिन ओ ब्रायन ( १ ) र अमर सिंह राउटेला ( ३-०-२१-१ ) ले समान १ विकेट हात पारे।

Pardeep Sahu

प्रतियोगितामा चितवन टाइगर्सले हिजोको खेलमा ललितपुर प्याट्रीएट्ससंग ११ रनको हार बेहोरीसकेको छ भने यो काठमाडौँको पहिलो खेल हो।

को हुन् प्रदिप साहु ? 

प्रदीप आइपिएलमा राजस्थान रोयल्स र किंग्स एघार पन्जाब टिममा रहीसकेका छन् भने घरेलु क्रिकेटमा हरियाणाबाट खेलेका थिए।

१७ बर्षको उमेरमा प्रथम श्रेणी क्रिकेटमा डेब्यु गरेका लेग स्पिन गुग्लि बलर साहूले १३ खेलमा सर्वाधिक ७२ सहित ४४९ रन बनाएका छन् भने बलिंगतर्फ ९६ रन खर्चेर ६ विकेटको उत्कृस्ट प्रदर्शन सहित १३ विकेट लिएका छन्।

आइपिएलमा उनले २०१६ को संस्करणमा किंग्स ११ पन्जाबको लागि ५ खेल खेल्ने मौका पाएका थिए जुन क्रममा ३ विकेट लिन सकेका थिए।

साहूलाई २०१५ को आइपिएल अक्सनमा राजस्थानले १० लाख भारुमा किनेपनि त्यो सिजन कुनै खेल खेल्न पाएका थिएनन्। ३३ बर्षीय उनलाई २०१७ मा त्यतिनै मूल्यमा पन्जाबले किन्यो भने २०१८ मा आफ्नै टिममा राखेको थियो तर रभीचन्द्रन आश्विनले उनलाई अन्तिम ११ मा भने मौका दिन जरुरि ठानेनन्।

कुल १५ टि-२० खेलको अनुभव भएका उनले ११ इनिंगमा सर्वाधिक २७ सहित ११३ भन्दा माथिको स्ट्राइक रेटमा १३४ रन बनाएका छन् भने ७ इनिंगमा बलिंग गर्दै ४ विकेट लिँदा मात्र ७.६७ को इकोनोमीमा रन खर्चिएका छन्।

क्रिकबजले  लेखे अनुसार घरेलु क्रिकेटमा उनि भन्दा सिनियर खेलाडी अमित मिश्राको कारण अन्तिम-११ मा पहिलो रोजाईको खेलाडी बन्न संघर्ष गरिरहे। उनले खेल्न त्यो खेलमा पाएको थिए जुन खेलमा मिश्रा घाइते भएर बाहिर थिए। लगातार टिममा पर्न असफल रहे पनि साहु हरियाणा छोडेर मुम्बई पुगेका थिए जसपछि उनको आइपिएल ढोका खुलेको थियो।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]